रामेछापमा मत गणना जारी १ नगरपालिका र ३ गाउँपालिकामा सम्पन्न

 बिहिबार, जेष्ठ ४, २०७४ | onlinenews

४ वैशाख २०७४- रामेछाप जिल्लमा रहेको २ नगरपालिका र ६ गाउँपालिका मध्य १ नगरपालिका  ३ गाउँपालिकाको मत गणना सकिएको छ ।  पछिल्लो मत परिणाम अनुसार मन्थली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमालेका रमेशकुमार बस्नेत ६ हजार ५ सय २९ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको छ भने हाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका विनोद कार्कीले  ५ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपमेयर पदमा पनि नेकपा एमालेकै माया कार्की ६ हजार ५ सय ७ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसकी गंगा अधिकारीले ५ हजार ३ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् ।
उमाकुण्डको परिणाम अनुसार गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेत विजयी हुनुभएको छ ।
सुनुवारले ३ हजार १ सय ७५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो भने उहाँको प्रतिपस्पर्धी हिक्मत सुनुवारले २ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेतले २ हजार ३ सय १८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगेन्द्र बहादुर बस्नेतले १ हजार ३ सय १० मत प्राप्त गर्नुभएको छ ।
उमाकुण्ड गाउँपालिका अन्तर्गत रहेको ७ वटा वडाहरु मध्ये ३ वटा वडाको अध्यक्ष नेकपा एमालेले जितेको छ भने नेपाली काँग्रेसले २ र माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेको छ ।
जसमा नेकपा एमालेबाट वडा नम्बर ५ मा कुविर खत्री, वडा नम्बर ६ मा कृष्णकुमार सुनुवार र वडा नम्बर ७ मा रुद्रमणि नेवार वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर १ मा नोर्वु शेर्पा र वडा नम्बर ३ मा रमेशकुमार सुनुवार विजयी हुनुभएको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर २ मा खम्बध्वज बस्नेत र ४ बाट मानबहादुर सुनुवार अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार खड्गबहादुर सुनुवार ३ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नानिबाबु बस्नेतले ३ हजार १ सय ५२ मत ल्याउनु भएको थियो । त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेकपा एकालेकै तर्फबाट राधिका श्रेष्ठ विजयी हुनुभएको छ ।
आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका तुलसा खड्कालाई ७ सय ६४ मतले पछिपार्दै ३ हजार ६ सय ८८ मतका साथ राधीका श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । गोकुलगंगा गाउँपालिका अन्तर्गत वडा नं. ४ मा नेपाली काँग्रेसको देवराज कार्कीको प्यान र वडा नं. ६ चन्द्र सुनुवारको प्यानल विजयी भएको छ ।
त्यसैगरी वडा नं. ५ मा एमालेको तर्फबाट बलराम खड्का र वडा नंं २ मा शेखरमान श्रेष्ठको प्यानल विजयी भएको छ भने वडा नं. ३ मा पनि नरविक्रम कार्कीको प्यानल विजयी भएको छ ।
वडा नं. १ मा अध्यक्ष पदमा नेपाली काँग्रेसका मणिकुमार सुनुवार विजयी हुनु भएको छ भने अन्य सदस्यहरुमा नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र भने निल गएको छ ।
दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । अध्यक्ष पदमा माओवादी केन्द्रका कमानसिहं मोक्तान ४ हजार २ सय ४१ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँको प्रतिस्पर्धी एमालेका प्रेम तामाङले ३ हजार ७ सय ४५ मत ल्याउनु भएको छ ।
दोरम्बाको उपाध्यक्ष पदमा ४ हजार ३ सय ७९ मत ल्याएर माओवादी केन्द्रकी क्रिशला घिसिङ विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी एमालेकी शुभद्रा कँडेलले ३ हजार ५ सय ९९ मत प्राप्त गर्नुभएको छ ।
रामेछाप नगरपालिका र अन्य तीन गाउँपालिकामा भने मत गणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार रामेछाप नगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार नरबहादुर थापामगरको ३ हजार ५२ मत रहेको छ । नेकपा एमालेका रोशन पाख्रिनको ३ हजार १० मत रहेको छ । त्यसैगरी माओवादी केन्द्रका मेयरका उम्मेदवार शिशिर खड्गीको १ हजार ९ सय ८ मत रहेको छ ।
रामेछाप नगरपालिकामा  १८ हजार ९ सय ४९ मतदाता रहेमा १३ हजार ३३ मत खसेको थियो ।
त्यसैगरी नेकपा एमालेले अग्रता लिएको लिखु गाउँपालिकामा नेकपा एकालेको तर्फकाबाट अध्यक्षका उम्मेदवार गोविन्द खड्काको ४ हजार ५ सय ९५ मत रहेको भने दोश्रो स्थानमा रहेको नेपाली काँग्रेसका अध्यक्षको उम्मेदवार चन्द्र राउतको २ हजार  ५ सय ३४ मत रहेको छ । त्यसैगरी तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रका धु्रव कार्कीको १ हजार ९ सय ८ मत रहेको छ ।
खाँडादेवि गाउँपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस तर्फकाट अध्यक्षका उम्मेदवार बेदराज लामाको १ हजार ६ सय ७ मत रहेको छ भने नेकपा एमालेका प्रेम तामाङको १ हजार ६ सय ३१ मत रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको अध्यक्षका उम्मेदवार शिवकुमार कार्कीको १ हजार १ सय ८० मत रहेको छ ।
नेकपा माओवादी केन्द्रले अग्रता लिएको सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धावा लामाको २ हजार ५ सय ३७ मत रहेको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको नेपाली काँग्रेसको २ हजार ३ सय मत रहेको छ भने तेश्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार प्रदिप योञ्जनको ७ सय ७२ मत रहेको छ ।

प्रतिकृया

Add