रामेछापमा नेकपा एमालेको बर्चस्व

 शुक्रबार, जेष्ठ ५, २०७४ | onlinenews
Share this

५ जेष्ठ २०७४– रामेछापको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बर्चस्व कायम गरेको छ । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकाको मतपत्र गनिसक्दा जिल्लामा एमालेको बर्चस्व कायम भएको हो ।
रामेछापमा नेकपा एमालेले १ नगरपालिकाको मेयर उपमेयर तथा ४ गाउँपालिकाको अध्यक्ष र ३ गाउँपालिकाको उपाध्यक्ष पदमा विजय प्राप्त गरेको छ ।
नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको मेयरमा रमेशकुमार बस्नेत र उपमेयरमा एमालेकै माया कार्की विजयी हुनुभएको छ । त्यसैगरी खाँडादेवि गाउँपालिका प्रेम तामाङ अध्यक्ष र मखमली श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
लिखु गाउँपालिकामा एमालेको तर्फबाट गोविन्दबहादुर खड्का अध्यक्ष र दीपशिखा दाहाल उपाध्यक्षमा विजयी हुनुभएको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकामा एमालेका खड्गबहादुर सुनुवार अध्यक्ष र राधिका श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उमाकुण्ड गाउँपालिकाकोे अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकी उर्मिला कार्की निर्वाचत हुनुभएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट दोरम्बा गाउँपालिकामा कमान सिं मोक्त अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा माओवादी केन्द्रकै किशला घिसिङ निर्वाचित हुनुभएको छ ।
सुनापाति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका धावा लामा अध्यक्षमा निर्वाचित हुनुभएको छ भने माओवादी केन्द्रकै गीता विष्ट उपाध्यक्षमा विजयी हुनुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट रामेछाप नगरपालिकाको मेयरमा नरबहादुर थापामगर र उपमेयरमा नेपाली काँग्रेसकै सिर्जना खड्का निर्वाचित हुनुभएको छ ।
जिल्लामा रहेको दुई नगरपालिका र ६ गाउँपालिका मध्य नेकपा एमालेले एक नगरपालिका र ४ गाउँपालिकामा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले २ गाउँपालिका र नेपाली काँग्रेसले १ नगरपालिकामा विजय प्राप्त गरेको छ ।

Share this

प्रतिकृया

Add