पाँचवर्ष भित्र मन्थली नगरका सबै वडाका सडक कालोपत्रे गर्छु– वस्नेत

 शनिबार, जेष्ठ ६, २०७४ | onlinenews
Share this

६ वैशाख २०७४-    मन्थली नगरपालीकाको नवनिर्वाचित मेयर रमेशकुमार वस्नेतले पाँच वर्षभित्र मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुको सडक पिच गर्ने बताउनु भएको छ ।
वस्नेतले आगामी ३ महिनाभित्र मन्थली नगरपालिकालाई कस्तो शहर बनाउने भन्ने योजना निर्माण गरि मन्थलीको सुकाजोर खोलामा रहेको बाँझो जमिनलाई औधोगिक क्षेत्रमा विकास गर्ने, तामाकोशी करिडोर क्षेत्रको विकास गर्ने, मन्थलीमा उद्योग क्षेत्रको विकास गर्ने र एक वर्षसम्मका लागि मन्थली नगर भित्रका खेतियोग्य जमिनहरु रोक्का राख्ने बताउनु भएको छ ।
मन्थली नगरपालिकाको मेयरमा विजय भएपछि नेकपा एमाले रामेछापले आयोजना गरेको विजय ¥यालीपछि मन्थलीको देवकोटाचोकमा कोणसभालाई संवोधान गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
त्यसैगरी पाखो जमिनमा बस्ती विकास गर्ने र खानेपानी नपुगेका सबै वडाहरुमा खानेपानी पु¥याउने, सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी विद्यालय वनाउने र शिक्षामा एकरुपमा ल्याउने, प्रत्येक वडामा अस्पतालको व्यवस्था गरी महिला स्वास्थ्य सेवाको लागि २४ सै घण्टा सेवा प्रदान गर्ने बताउनु भएको छ ।
रोजगारी नपाएर वैदेशिक रोजगारीमा जाने युवाहरुलाई जिल्लामै रोक्न सरकारी र विभिन्न गैरसरकारी संघसंस्थाको साझेदारीमा रोजगारी सिर्जना गरि स्वरोजगार बनाउने बताउनु भएको छ ।

Share this

प्रतिकृया

Add