रामेछाप नगरपालिकाका निर्वाचित प्रतिनिधिले लिए सपथ

 सोमवार, जेष्ठ ८, २०७४ | onlinenews

९ जेष्ठ २०७३-रामेछाप– रामेछाप नगरपालिकाका निर्वाचिन प्रतिनिधिहरुले मंगलबार सपथ लिनुका साथै पदभार ग्रहरण गरेका छन् । मतगणना सकिएको  तीन दिनपछि निर्वाचित प्रतिनिधिले सपथ लिएका हुन् ।
गौरीशंकर मावि. रामेछापको भवनमा आयोजित सपथग्रहण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा, उप्रमुख सिर्जना खड्का सहित ९ वटै वडाका अध्यक्ष स सदस्यहरु समेत अपथ ग्रहण गरेका छन् ।
निर्वाचित प्रतिनिधिको ढिलाइको कारण निर्धारित समय भन्दा २ घण्टा ढिला सुरु भएको सपथ ग्रहण कार्यक्रममा
नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई निर्वाचन अधिकृत कृष्णप्रसाद पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो भने वडा सदस्यहरुलाई नगरप्रमुख नरबहादुर मगरले सपथ ग्रहण गराउनुभएको थियो ।
सपथग्रहण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, नेकपा एमालेका जिल्ला कमिटि सदस्य होतराज ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोज समिति सदस्य एवं भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी शिशिर खड्गी र राष्ट्रिय प्रजातन्त्र पार्टीका बर्जबहादुर मगरलगायतको सहभागिता रहेको थियो ।
स्थानीय तहको निर्वाचनबाट रामेछाप नगरपालिका अन्तर्गत रहेका ९ वडा वडाका अध्यक्षहरुमा को–को चुनिय तह हुर्नुहोस्
रामेछाप नगरपालिकाका वडा अध्यक्षहरु    
वडा नं. १ नर बहादुर थापा
वडा नं.२ निर कुमार श्रेष्ठ
वडा नं.३ भुपाल श्रेष्ठ
वडा नं.४ः टुपेन्द्र तामाङ
वडा नं.५ः भिम बहादुर तामाङ
वडा नं.६ः धन बहादुर खड्का
वडा नं.७ः शमिर कार्की
वडा नं.८ः केदार कार्की
वडा नं.९ः चन्द्र बहादुर श्रेष्ठ
रामेछाप नगरपालिकामा हालको निर्वाचन परिणामले तीन ठूला दललाई तीन तिन वडा प्रतिनिधित्व गर्ने अवसर दिएको छ । नगरपालिका भित्रका ८, ७ र ४ का वडा अध्यक्षमा नेपाली काँग्रेसले जितेको छ । त्यस्तै वडा नं १, ३ र ६ मा नेकपा एमालेले जितेको छ भने वडा नं २, ५ र ९ नं मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निर्वाचित भएका छन् । नगरपालिकाको नगरप्रमुख नरबहादुर मगर र उपप्रमुख सिर्जना खड्का भने नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएको हो ।

प्रतिकृया

Add