सरकार निर्माणमा अब बहुमतिय प्रक्रियाः सरकार

 बिहिबार, जेष्ठ १८, २०७४ | onlinenews

१८ जेठ २०७४ काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थाल्नु भएको छ ।
संसदमा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । सभापति देउवाले बुधबार साँझ आफू निकटका नेताहरुसँग सरकारका विषयमा अनौपचारिक छलफल गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यरात सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री निर्वाचनका लागि बहुमतीय प्रक्रिया सुरु गर्न पत्र पठाएपछि कांग्रेसले औपचारिक रुपमा दलहरुसँग विहिबारबाट छलफल गर्ने बताइएको छ ।

प्रतिकृया

Add