भरतपुर प्रकरण बारे आयोगले आज निर्णय गर्दै

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

१९ जेष्ठ २०७४ चितवन– भरपुरत प्रक्ररणबारे निर्वाचन आयोगले शुक्रबार निर्णय गर्दै छ । जसेको लागि आयोगले भरतपुर मतगणनाका क्रममा च्यातिएका मतपत्र बारे निर्णय गर्न सवै निर्वचन आयुक्तहरु सम्मिलित बैठक बोलाएको छ ।
पुन मतदान या मतगणना भन्ने विषयमा आयोगले आज गर्ने निर्णयमा भर पर्नेछ । मतगणनाका क्रममा ९० मत च्यातिएको प्रतिवेदन आयोगमा बिहीबार आएपछि शुक्रबार निर्वाचन आयोगको पूर्ण बैठक बसेर निर्णय गर्न लागेको आयोगका सचिव गोपी मैनालीले बताउनुभयो ।
संवैधानिक व्यवसथा अनुसार कानूनको ख्याल गरि आयोगको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी निर्णय आयोगले निर्णय गर्ने मैनालीले बताउनुभयो । आज दिनभरमा भरतपुरका बारेमा आयोग टुङगोमा पुग्ने पर्ने पनि बताउनुभयो ।
भरतपुरका महानगरपालिका वडानम्बर १९ को मत गणना अन्तिम अवस्थामा पुगेका वेला जेठ १४ गते दलका प्रतिनिधिबीच विवाद बढ्दा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेको दावी छ । मतपत्र च्यातिएपछि त्यसै दिनबाट मतगणना स्थगित गरिएको थियो ।
भरतपुरमा वडा नम्बर २० को मत गन्न बाँकी छ भने अरु सवै वडाको गनिसकिएको छ ।
वडा नम्बर १९ को मत गणना हुँदै गदर्न नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली ७ सय ३३ मतले अघि हुनुहुन्थ्यो । माओवादी केन्द्रकी रेणु दाहालले लगातार मतान्तर घटाइरहनु भएको थियो ।
मतान्तर घटाएपनि हार्ने डरले माओवादी कार्यकर्ताले मतपत्र च्यातेको एमालेको भनाई छ । घट्नापछि सो वडामा पुनः मतदान गर्नुपर्ने माओवादी केन्द्रको भनाई आएको छ भने एमालेले स्थगित भएकै स्थानबाट मतगणना गर्नुपर्ने बताउदै आएको छ । दलहरुका लागि निकै ठूलो प्रतिष्ठाको विषय बनेको भरतपुरमहानगर निर्वाचन प्रक्रिया सुरु भएदेखि नै चर्चामा थियो ।

प्रतिकृया

Add