रामेछापको नगरकार्यपालिकामा काँग्रेस माओवादी गठबन्धन निर्वाचित

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

१९ जेष्ठ २०७४ रामेछाप– शुक्रबार भएको नगरकार्यापालिकाको निर्वाचन अन्तर्गत रामेछापको दुई नगरपालिकामा माओवादी र काँग्रेसको गठबन्धन विजयी भएको छ । नगरकार्यपालिका गठनको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र समीकरण गरेर निर्वाचनमा गएका थिए भने नेकपा एमाले एक्लै चुनावमा उत्रिएका थिए ।
एउटा नागरपालिकामा ८ जनाको लागि भएको निर्वाचनमा नेपाली काँग्रेस ४ र माओवादी केन्द्रबाट ४ जना विजयी भएका छन् । मन्थली नगरपालिकाको नरकार्यपालिकामा वडाबाट निर्वाचित भएर आएका महिला मध्येबाट नेपाली काँग्रेसबाट यशोदा श्रेष्ठ, विमला रम्तेल, हिराकुमारी गिरी र माओवादी केन्द्रबाट ममिता श्रेष्ठ र शान्ति तामाङ विजयी भएका छन् ।
त्यसैगरी दलित र  खुल्ला सदस्यतर्फ काँग्रेसका निर्माण माझी विजयी भएका छन् भने माओवादी केन्द्रबाट उद्धव रम्तेल र श्रीबहादुर माझी निर्वाचित भएका छन् ।  मन्थली नगरपालिकामा ७२ मतदाता रहेका थिए ।
त्यस्तै रामेछाप नगरपालिकामा पनि काँग्रेस माओवादी गठबन्धनको ४÷४ जना विजयी भएका छन् ।  रामेछाप नगरपालिकामा महिलातर्फ नेपाली काँग्रेसबाट जुमना हायु, समिता विक र ज्ञानुदेवि बस्नेत कार्की विजयी भएका छन् भने माओवादीको तर्फबाट अनिता काफ्ले र कविता रिजाल निर्वाचित भएका छन् ।
त्यसैगरी दलित र अल्पसंख्यक खुल्लाबाट काँग्रेसका १ र माओवादी केन्द्रका २ जना निर्वाचित भएका छन् । जसमा काँग्रेसबाट रुकुम हायू विजयी भएका छन् भने माओवादी केन्द्रका जनकराज सुनुवार र सरोज कुटुवाल निर्वाचित भएका छन् । रामेछाप नगरपालिकामा नगरकार्यपालिका निर्वाचनको लागि ४७ मतदाता रहेका थिए ।

प्रतिकृया

Add