प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसाद खोल्नुपर्छः विपक्षी गठबन्धन

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

१९ जेष्ठ २०७४ काठमाडौ, प्रधानमन्त्रीको निर्वाचन गर्नको लागि सरकारले संसद खोलने बतावरण बनाउनु पर्ने नेकपा एमालेसहित विपक्षी दलले बताएका छन् ।
एमाले सहितको विपक्षी गठबन्धनले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने भन्दै विरोध गरेका छन् । विपक्षी दलको अवरोधका कारण संसद वैठक चल्न नसकेपछि सभामुख ओसर्नी घर्तिमगरले सूचना टाँस गरेर प्रधानमन्त्री चयनको लागि कार्यसूची सार्वजनिक गर्नुभएको थियो ।
एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा एमालेसहित नौ दलको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसद खोल्ने बातावरण बनाउनुपर्ने निश्कर्ष निकालेको छ ।
सरकारको दवावमा भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान गर्ने तयारी गरेको भन्दै यदि त्यसो गरिए कडा आन्दोलन गर्ने पनि विपक्षी गठबन्धनले बताएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताउनु भएको छ ।

प्रतिकृया

Add