भरतपुरमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय, एमालेद्धारा विरोध

 शनिबार, जेष्ठ २०, २०७४ | onlinenews

२० जेष्ठ २०७४ काठमाडौं– भरपुरत महानगरपालिकाको वडा नं. १९ मा पुन मतदान गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा नम्बर १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको हो ।
‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा ९१० को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ९४० बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरि मतदान रद्द गर्ने भनि आयोगले निर्णय गरेको छ ।
मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमितुल्यय भएको प्रतिवेदन पठाएको भन्दै आयोगले पुनः मतदान गराउने निर्णय गरेको हो । मतदानका लागि नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।
ऐनको दफा ५० को उपदफा ९५० बमोजिम रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।
पहिलेकै अवस्थाबाट मत गणना गर्नुपर्छ भन्दै आएको नेकपा एमालेले भने भरपुर महानगरपालिका १९ मा पुनः मतदान गर्ने आयोगको निर्णयको विरोध गरेको छ । एमालेले विरोध मात्र गरेको छैन भरपुरमा पुनःमतदान गराउने कुराको प्रतिवाद गरिने पनि जनाएको छ ।
पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार्य भएको भएको भन्दै आयोगको निर्णयको प्रतिवाद गर्ने र संसद अवरोधलाई निरन्तरता दिने पनि एमालेले निर्णय गरेको छ ।
निर्वाचन आयोगको गतिविधि शंकास्पद रहेको एमाले भनाई छ । ‘दोस्रो चरणको चुनाव नगराउने खेल निर्वाचन आयोगबाटै सुरु भएको पनि एमालेको आरोप छ ।

प्रतिकृया

Add