प्रधानमन्त्रीका लागि देउवामात्र उम्मेदवार

 शनिबार, जेष्ठ २०, २०७४ | onlinenews

     २० जेष्ठ २०७४ काठमाडौँ– नयाँ सरकार गठको लागि सुरु भएको प्रक्रिया अन्तर्गत प्रधानमन्त्री पदको लागि नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।
 प्रधानमन्त्रीका लागि पतिपक्षी दल नेकपा एमालेले उम्मेदवारी नदिएपछि काँग्रेस सभापति देउवाको मात्र उम्मेदवारी परेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि शनिवारबाट निर्वाचन प्रक्रिया शुरु भएको छ ।
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया सुरु भएसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनु भएपछि एमालेको स्थायी समिति बैठक बसी प्रधानमन्त्री पदको लागि आफ्नो पार्टीबाट उम्मेवारी पनि नदिने र देउवालाई पनि समर्थन नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री चयनको कार्यतालिका अनुसार शनिवार अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने र अपरान्ह ४ः ३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने रहेको छ भने आइतबार विहान ११ः ३० मा मतदान गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्रीको लागि उम्मेदवारी नदिने र संसद अवरोध गरी निर्वाचन कार्यक्रम असफल पार्ने निर्णय एमालेले गरेको छ । पार्टी स्थायी समिति बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने र संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो ।

प्रतिकृया

Add