शोभा राइले जित्नुभयो एकल नृत्यको प्रथम पुरस्कार

 आइतवार, जेष्ठ २१, २०७४ | onlinenews

२१ जेष्ठ २०७४ सिन्धुली– श्रोत केन्द्र स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत एकल नृत्य प्रतियोगितामा शोभा राई प्रथम हुनुभएको छ ।
जनज्योती माध्यमिक विद्यालय खुर्कोट श्रोत केन्द्रले गोलन्जोर गाउपालिका–७ खुर्कोटमा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा राई प्रथम हुनुभएको हो । प्याराडाइज इङ्गलिस बोर्डिङ स्कूल खुर्कोटको कक्षा ९ मा अध्यनरत राइले ‘कम्मर माथि पटुकी’ गीतको बोलमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
श्रोतकेन्द्र अन्तर्गतका  मावि र निमावि गरि १२ विद्यालय मध्ये ३ मावि र ४ निमावि विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।
७ विद्यालयबाट १ छात्र सहित ७ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको अध्य विजयीहरुमा चण्डेश्वरी निमावि चैनपुरकी कक्षा ७ मा अध्ययनरत छात्रा ममता ठाडा द्वितीय, भूमेश्वर निमावि नागी कक्षा ७ की छात्रा लिला ठाडा मगर तृतीय र दीर्घ प्रदिप मावि खाल्टेको कक्षा ७ मा अध्ययनरत छात्रा वविता श्रेष्ठ सान्त्वना हुनुभएको छ ।
विजयी प्रतियोगीलाई जनज्योती मावि खुर्कोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि माधवप्रसाद पोखरेलले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार १ हजार, द्धितीय ७ सय, तृतीय ५ सय र सान्तोना पुरस्कार स्वरुप ३ सय रुपैयाँ नगद प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्ष समेत रहनुभएका श्रोतव्यक्ति शरदचन्द्र अर्यालले प्रथम हुने प्रतियोगीले जिल्लास्तरमा हुने प्रतिभा पहिचान कार्यक्रममा भाग लिन पाउने जानकारी दिनुभएको छ ।

प्रतिकृया

Add