श्रमदानको नाममा निर्माण सामाग्री बोक्न बालबालिका प्रयोग

 सोमवार, जेष्ठ २२, २०७४ | onlinenews

२२ जेष्ठ २०७४ रामेछाप– रामेछाप जिल्लाको मन्थली नगरपालिका  वडा नम्बर ८ चिसापानीस्थित भिमेश्वर रुद्र माध्यमिक विद्यालय भवन निर्माणको लागि इटा बोक्न बालबालिका प्रयोग गरिएको छ ।
डब्लू डब्लू एच नामक अमेरिकी संस्थाको सहयोगमा निर्माण भइरहेको १३ कोठे विद्यालय भवन निर्माणको लागि स्थानीयले गर्नुपर्ने अनुदान स्वरुप स्कूले बालबालिकालाई निर्माण सामाग्री ओसारपसारमा प्रयोग गरिएको हो ।
पठनपाठन नै बन्द गराएर विद्यालयले स्कूले विद्यार्थीलाई बाल मजदुरका रुपमा प्रयोग गरेको हो । स्कूले बालबालिकालाई काममा लागएर श्रम शोषण समेत गरेको अभिभावकको गुनासो छ ।
सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार श्रेष्ठले अभिभावकसँग सल्लाह नै नगरि कक्षा ६ देखि १० सम्मका बालबालिकालाई निर्माण सामाग्री बोक्न प्रयोग गरेको बताउनुभयो ।
श्रेष्ठका अनुसार गत बिहीबार र शुक्रबार  २ दिन पठनपाठन नै बन्द गरेर बालबालिकालाई काममा प्रयोग गरिएको हो । अमेरिकी संस्था डब्लू डब्लू एचको करिब २ करोड आर्थिक सहयोगमा नेपाल ग्रामिण पुनःनिर्माण संस्था (आरआरएन)ले भवन निर्माणको काम गरिरहेको छ ।
निर्माण सामाग्री बोक्न बालबालिका प्रयोग गरिएको विषयलाई लिएर सोमबार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठक समेत विनानिष्कर्ष टुङ्गिएको विद्यार्थी अभिभावक संघका अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माणाधिक भवन निरीक्षणको लागि मंगलबार जर्मन र फ्रान्सका राजदूत आउँने भएपछि काम धेरै भएको देखाउँन बालबालिकालाई श्रममा प्रयोग गरिएको अभिभावको भनाई छ ।
विद्यालय खोले पनि कक्षा बन्द गराएर आपूmहरुलाई शिक्षकले इटा बोक्न लगाएकोे कक्षा १० मा अध्ययनरत छात्र अविक श्रेष्ठले बताउनुभयो । सरहरुले नपढाएर हामीलाई २ दिनसम्म इटा बोक्न लगाउनु भयो– श्रेष्ठले भन्नुभयो ।
विद्यालयले पढाई बन्द गराएर आपूmहरुलाई काममा प्रयोग गरेको विषयमा  शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी गराइएको पनि उहाँले बताउनुभयो ।
यस विषयमा आरआरएन रामेछापकी फिल्ड अफिसर माया अधिकारीसँग जिज्ञासा राख्दा उहाँ बोल्न चाहनु भएन । निर्माण सामाग्रि बोक्न बालबालिका प्रयोग भएको भन्ने कुरा आपूmले पनि सुनेको भन्दै, आपूm ब्यस्त भएको कारण मंगलबार २ बजे पछिमात्र आपूmले यस विषयमा जवाफ दिनसक्ने अधिकारीले प्रतिक्रिया दिनुभयो ।

प्रतिकृया

Add