घूस लिदालिदै सिन्धुलीमा २ अधिकृत अख्तियारको फन्दामा

 मङ्लबार, जेष्ठ २३, २०७४ | onlinenews

२३ जेष्ठ २०७४ सिन्धुली– सिन्धली जिल्लाको गोलञ्जोर र पिक्कल गाउँपालिकाका कार्यकारी अधिकृत घूस लिदालिदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले गोलञ्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला आलेमगर र फिक्कल गाउँपालिकाका कार्यकारी अधिकृत सतिस भट्टराइलाई घूस लिंदालिदै रङ्गेहात पक्राउ गरेको हो ।
कमलामाई नगरपालिका ६ स्थित ध्रुव इलेक्ट्रोनिक्सबाट घूस लिलालिदै आलेमगरलाई १ लाख ५१ हजार र भट्टराइलाई ९० हजार रुपैयाँ नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिवासले जनाएको छ ।
संघीयता कार्यान्वयनमा आएसँगै गाउँपालिका तथा नगरपालिकालाई संघीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत सरकारले प्रतिगाउँ र नगरलाई ५२ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
सरकारले दिएको यो अनुदान संघीय संरचना निर्माण पछिको पहिलो अनुदान समेत हो । सोही अनुदान रकम अन्तर्गत सोलार खरिदका लागि विनियोजित रकमबाट सोलार विक्रेता ध्रुव इलेक्ट्रोनिक्सबाट कमिसन वापत आलेमगरले १ लाख ५१ हजार र भट्टराइले ९० हजार रुपैयाँ लिदै गर्दा अख्तियारले पक्राउ गरेको हो ।
‘विशेष सुराकका आधारमा घूस लिने दुई अधिकृतिलाई पक्राउ गरिएको आयोगको भनाई छ । सोलार खरिदका लागि कोटेशन माग गर्ने क्रममा गरिएको सहमतिअनुसार इलेक्ट्रोनिक्स सञ्चालनसँग रकम लिंदै गर्दा दुई अधिकृति अख्तियारको फान्दामा परेका हुन् ।
स्रोतका अनुसार आलेमगरले ४ लाख ८८ हजार र भट्टराइले ४ लाख ८३ हजार रुपैयाँमा सोलार सेट खरिद गर्न कोटेशन स्वीकृत  गरिदिएका थिए ।
सिन्धुलीका सवै स्थानीय तहलाई पहिलो अनुदानको रुपमा पूँजिगत ३२ लाख र चालु २० लाख सहित जम्मा ५२ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त रकम जिल्लाका स्थानीय तहका कर्मचारीहरुले मनोमानी खर्च गरेको र रकम खर्च गर्ने क्रममा सार्वजनिक खरिद नियमावलीको समेत पालना नगरेको स्थानीयको आरोप छ ।

प्रतिकृया

Add