काममा ढिलाई भएकोमा चिन्ता छैन, बरु हाँसोको फोहरा !

 बुधबार, जेष्ठ २४, २०७४ | onlinenews
Share this

२१ जेष्ठ २०७४– रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको भवन निर्माणको लागि निर्माण ब्यवसायिसँग सम्झतौ भएको एक वर्ष भयो । निर्माण कार्य भने अहिलेसम्म जग उठाउँने काममात्र सकिएको छ ।
जगमात्र उठाएर निर्माण व्यवसायिले भवन निर्माणको काम रोकेपछि अहिले निर्माणाधिन भवनमा झार उम्रिएको छ भने निर्माण सामाग्री पनि बीच बजारमा छरपस्ट रहेको छ ।
रामेछाप बजारमा निर्माण भइरहेको ८ कोठे भवन निर्माणको काम एक वर्षमा जग उठाउँने मात्र काम भएको छ । जगमात्र उठाएर रोकिएको भवन निर्माण कार्य अब कहिलेदेखि सुरु हुन्छ त्यो पनि टुङ्गो छैन् ।
रामेछाप नगरपालिकासँगै सम्झौता भएर निर्माण भइरहेको मन्थली नगरपालिका भवनको दुई तलाको ढलान सकिइसकेको छ । सँगै सुरु भएको रामेछाप नगरपालिका भवन निर्माणको काम भने अघि बढ्न नसक्दा भवन नै नबन्ने पो हो कि भन्ने स्थानीयको चिन्ता छ ।
भवन निर्माणमा ढिलाई भएकोमा निर्माण ब्यवसायिलाई भने चासो भएको देखिदैन । २०७३ साल असारमा सम्झौता भएको दुई वर्षमा दुई ढलान काम सम्पन्न गर्नुपर्ने भए पनि म्याद थप गर्न पाइने भएकाले हतारो नभएको निर्माण ब्यवसायि भिमबहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो– अझै एक वर्ष बाँकी छ, एक वर्षमा सायद सकिएला नसकिए म्याद थप गर्न पाइहालिन्छ, हाँसोको खित्का छोड्दै हतारो नभएको बताउनुभयो । अझै हाँसो रोकिएन हाँसको फोहरानै छोडेर हाहाहाहा……..!
मिस्त्री नपाएर भवन निर्माणको काम रोकिएको कार्की भनाई छ । स्थानीय मिस्त्री नपाएपछि कैलालीको मिस्त्री बोलाएको भन्दै उनीहरु पनि आउँने ठेगान नभएको बताउनुभयो ।
उहाँले फेरि हाँसोको फोहरा छुटाउँदै भन्नुभयो– हाट आउने मानिसले पेट  तताउन भन्दै इटा खल्तीमा हालेर लान्छन्, यसरी नै आधा इटा घटिसक्यो, निर्माण सामाग्री पनि जताजतै छरिएर लाजमर्दो भाको छ ।
१ करोड १५ लाखमा दुई ढलान सम्पन्न गर्ने गरि सम्झौता भएको पनि उहाँले जानकारी दिनुभएको छ । भवनको जग उठाउँने मात्र काम भए पनि ३० लाख रुपैयाँ बजेट निकासा भइसकेकाले एक तिहाई काम सकिएको निर्माण ब्यवसायि भिमबहादुर कार्कीको भनाई छ । तर, रोकिएको भनव निर्माणको काम कहिलेबाट सुरु हुन्छ त्यो भने एकीन छैन ।

Share this

प्रतिकृया

Add