कर्मचारी नहुँदा काम गर्न समस्याः थापामगर

 बुधबार, जेष्ठ २४, २०७४ | onlinenews

    २४ जेष्ठ २०७४– रामेछाप नगरपालिका अन्तर्गतका सबै वडाहरुमा कर्मचारी नहुँदा काम गर्न समस्या भएको रामेछाप नगरपालिकाका मेयर नरबहादुर थापामगरले  बताउनुभएको छ ।
रामेछाप नगरपालिका अन्तर्गत ९ वटै वडाहरुमा कार्यालय स्थापना गरिए पनि वडा सचिव नुहँुदा कार्यालयबाट दिइने सेवा प्रवाहमा समस्या भएको थापामगरले बताउनुभयो ।
 सचिव नभएको वडाहरुमा सोही वडामा कार्यक्षेत्र रहेका एलजीसिडीपीका सामाजिक परिचालकलाई परिचालन गरिएको पनि उहाँले बताउनुभयो । रामेछाप नगरपालिका अन्तर्गत वडा नं. ६, ७, ८ र ९ मा सचिव नभएकाले वडाबाट जनतालाई दिर्नु पर्ने सेवा प्रभावित भएको रामेछाप नगरपालिकाको कार्यालयले जनाएको छ ।
कर्मचारीको समस्या त छदैछ, कतिपय वडा कार्यालयहरुको आफ्नौ भवन नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या भएको नगरपालिकाको भनाई छ । टेण्डर प्रक्रियाबाट निर्माण भएका कतिपय वडा कार्यालयका भवनहरु वडालाई हस्तारण गर्न बाँकी रहेको र केही हस्तारण भएका भवनहरुमा पनि विवादको कारण आफ्नै भवनमा कार्यालय सञ्चालन हुन नसकेको रामेछाप नगरपालिकाले जनाएको छ ।
आफ्नै भवन नभएका वडा कार्यालयहरु व्यक्तिको घर भाडामा लिएर बसेको र वडा कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने फर्निचर लगायतका सामानहरुको विवरण तत्काल नगरपालिकाको कार्यालयमा पेश गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिइएको मेयर नगरबहादुर थापमगरले बताउनुभयो ।
रामेछाप नगारपालिका अन्तर्गत देउराली र हिमगंगामा वडा कार्यालय भवन निर्माण भइसके पनि हस्तान्तरण नभएको नगरपालिकाले जनाएको छ । त्यसैगरी गोठगाउँमा भवन निर्माण भएर वडालाई हस्तान्तरण गरिए पनि स्थल विवादको कारण आफ्नै भवनमा कार्यालय सञ्चालन हुन सकेको छैन । समस्या समाधानको लागि पहल भइरहेको नगरपालिकाको भनाई छ ।
नगरपालिकाले जनतालाई दिने सेवासँगै नगरपालिकामा विकास निर्माणको कामलाई तीब्र रुपमा अघि बढाउने मेयर थापामगरले बताउनुभएको छ । विकास निर्माणको काममा प्राथमिकीकरण गरेर अघि बढाइने पनि उहाँले बताउनुभयो ।
नगरको विकासको लागि पहिलो सडक दोश्रो विद्युत र तेश्रो प्राथमिकतामा खानेपानी योजनालाई राखिएको पनि मगरले बताउनुभयो । रामेछाप नगरपालिकामा खानेपानीको ठूलो समस्या भए पनि खानेपानीको दिर्घकालीन ब्यवस्थापनको लागि लिफ्ट सिष्टको विकल्प नभएकाले लिफ्टको लागि विद्युतको आवश्यकता पर्ने हुँदा खानेपानीलाई तेश्रो प्राथामिकतामा राखिएको मेयर थापामगरको भनाई छ ।
नगरपालिका अन्तर्गत केही वडाहरुमा अस्थायी रुपमा लिफ्ट सिष्टमबाट पानी तानेर प्रयोग गरिदै आएको भए पनि खानेपानी समस्याको दिर्घकालिन समस्या समाधानको लागि सुनकोसीको पानी तान्नुको विकल्प नभएकाले  लिफ्ट सिष्टमबाट पानी तानेर नगरपालिकामा खानेपानीको दीर्घकालिन ब्यवस्था गर्ने नगरपालिकाको योजना छ ।
रामेछाप नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि ४ सम्म बत्ति बलिसेको र केही वडा र टोलहरुमा विस्तार गर्नुपर्ने, वडा नम्बर ५ मा बत्ति पुगेको र विस्तार बाँकी रहेको, वडा नं. ६ बत्ति पुगेको बल्न बाँकी रहेको, वडा नं. ७ को केही टोलमा बाँकी रहेको र वडा नम्बर ८ र ९ मा पनि केही ठाउँहरु विद्युत लाइन विस्तार गर्नुपर्ने भएकाले बत्ति बल्न बाँकी रहेको वडा, गाउँ, टोल र घरमा बत्ति पु¥याउन प्राथमिकताका साथ काम गर्ने पनि मेयर मगरको भनाई छ ।     विगतका वर्षहरुमा बजेट छुट्यार योजनाहरुको स्टामेट तयार गर्ने गरेकोले विकास निर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै आगामी दिनमा पहिला लागत स्टामेट तयार गरेर मात्र बजेट विनियोजन गर्ने पनि मगरले बताउनुभयो । बजेट चुहावटलाई रोकेर विकास निर्माणको कामलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना रहेको बताइएको छ ।
बजेट चुहावटलाई रोक्न नगरपालिका आफैले जोडर खरिद गरेको सडक विस्तारमा लगाउने आफ्नो योजना रहेको पनि मगरले बताउनुभयो । अहिले सडक कालोपत्रे र पुनः निर्माणदेखि अन्य कामको लागि समेत गिटी बालुवा ढुवानीको मन्थली नै एकमात्र विकल्प रहेको भन्दै सडक स्तरोन्नती गर्न सके अन्य ४ ठाउँबाट पनि गिटी बालुवा ढुवानी गर्न सकिने उहाँले बताउनुभयो ।
बालुवा ढुवानीको लागि मन्थली बाहेक सुनकोसी किनारमा पर्ने हर्देनी, धनेघाट, विर्तादेउराली, कोलञ्जोर घाट र लिखु खोलाबाट पनि ढुवानी गर्न सकिने उहाँको भनाई छ ।
अहिले मन्थलीबाट रामेछाप नगरपालिकामा मन्थलीबाट एकटिप बालुवा ढुवानी गर्दा ९ हजारदेखि १२ हजारसम्म लाग्ने गरेकोमा सुनकोसी र लिखु खोलाबाट बालुवा ढुवानी गर्न सकेमा ६ हजार रुपैयाँमा रामेछाप नरपालिकामा बालुवा झार्न सकिने मगरको भनाई छ ।
बालुवा ढुवानीको लागि सम्भावित रहेको लिखु र सुनकोसी नदिको किनासम्म सकड खन्ने काम भएको तर गाडी चल्ने अवस्था नरहेकाले सडक स्तरोन्नती गर्न सके सस्तो मूल्यमा गिटी र बालुवा ढुवानी गर्न सकिने पनि मेयर थापागरको भनाई छ ।

प्रतिकृया

Add