मन्थली बजारमा प्रेशर हर्न निषेध

 आइतवार, जेष्ठ २८, २०७४ | onlinenews
Share this

 राजिव कार्की


२०७४ जेष्ठ २८– रामेछाप– जिल्ला ट्राफिक प्रहरी कार्यालय र तामाकोशी ढुवानी सेवा समिति रामेछापको संयुक्त पहलमा रामेछापको सदरमुकाम मन्थली बजार क्षेत्रमा सवारी साधनले प्रेशर हर्न बजाउन नपाउने ब्यवस्था गरेकोे छ ।
मन्थली खुर्कोट सडकखण्ड अन्तर्गत रणजोर खोला र मन्थली चरिकोट सडकखण्ड अन्तर्गतको आकाशेमा सचेतना बोर्ड राखी उक्त व्यवस्थाको सुरुवात गरिएको हो ।
बजार क्षेत्रभित्र आवतजावत गर्ने पैदल यात्रु तथा बजारबासीको बाक्लो चाप हुने, बिहान बेलुकाको समयमा विद्यालय पढने स–साना बालबालिकाको आवतजावत पनि निक्कै बाक्लो हुने भएकाले दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी चालकहरुलाई सवारीको गति कम गर्न पनि भनेको छ ।
मन्थलीको आकाशेदेखि रणजोर खोला पुलसम्मको क्षेत्रलाई प्रेशर हर्न बजाउन नपाउने गरि हर्न निषेधित क्षेत्र कायम गरिएको छ । नियम विपरित हर्न बजाएमा वा सीमित गति भन्दा द्रुत गतिमा सवारी हाँकेको खण्डमा नियमानुसारको कारबाही हुने पनि ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add