समाचार प्रभाव : हाम्रो अनलाइन न्यूजमा समाचार प्रकाशन भएपछि सुरु भयो सफा खुर्कोट अभियान

 सोमवार, जेष्ठ २९, २०७४ | onlinenews
Share this

२९ जेष्ठ २०७४ रामेछाप- नेपालको १० नमूना शहर मध्ये एक शहरको रुपमा निर्माण भइरहेको सिन्धुलीको खुर्कोटमा ‘सफा खुर्कोट अभियान’ सुरु भएको छ ।  हाम्रो अनलाइन न्यू डटकममा सिन्धुलीको खुर्कोट बजार फोहोरले अस्तब्यस्त” शीर्षकमा समाचार प्रकाशित भएको पाँच दिनपछि बजार ब्यवस्थापन समिति र स्थानीय सरोकारवालाहरुको बैठक बसी सफा खुर्कोट अभियान सञ्चालन गर्ने निर्णय गरि काम सुरु गरेको हो ।
फोहोरले अस्तवस्त भएको बजारको विषयमा समाचार प्रकाशन भएपछि खर्कोटका स्थानीय व्यवसायीको लागि समेत चासोको विषय बनेको छ । समाचार प्रकाशन भएको ५ दिनभित्रै वडा अध्यक्ष रोमबहाुदर देवकोटा (सुवास) को अध्यक्षतामा वैठक बसी ‘सफा खुर्कोट अभियान थालिएको हो ।’
यस अघि प्रकाशन भएको समाचारमा वडा अध्यक्ष देवकोटाले १ डेढ महिनाभित्र समस्या समाधान गर्छु भनि प्रतिवद्धता जनाएका थिए । समाचार प्रकाशन भए लगत्तै स्थानीय सरोकारवाला र स्थानीय व्यापारीको उपस्थितिमा बसेको बैठकको निर्णयअनुसार गत शनिबारदेखि दैनिक बजार सरसफाई हुन लागेको हो ।
सफा खुर्कोट अभियानले एउटा समाचारको प्रभाव कति बलियो हुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । एक हप्ता पहिलेसम्म फोहोरै फोहोरले दुर्गन्धित रहेको खुर्कोट बजार एकाएक चिटिक्क पर्नुले हाम्रो अनलाइन न्यूजमा प्रकाशिस समाचारलको औचित्यलाई पुष्टि गरेको छ । यो हाम्रो अनलाइन पत्रकारिताको लागि समेत गर्वको कुरा हो ।
सफा खुर्कोेट अभियान अन्तर्गत पहिलोदिन गोलञ्जोर गाउँपालिका–७ ले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यलय खुर्कोट, शुभजीवन अस्पताल, भिमेश्वर सामुदायिक अस्पताल, नयाँ शहर आयोजना, टुरिजम वैंक र प्राक्टिकलको लागि आएका जिरी प्राविधिक शिक्षालयका अनमी विद्यार्थी लगायत स्थानीय ब्यवसायिहरुको सहभागिता रहेको थियो । 
वैठकले अस्तव्यस्त रहेको फोहोरलाई व्यवस्थापन गर्दै खुर्कोट बजारलाई सदावहार सफा राख्न शेरबहादुर देवकोटाको अध्यक्षतामा ९ सदस्यीय बजार ब्यवस्थापन समिति समेत गठन गरेको छ ।
समितिले फोहोर उठाउनको लागि ट्याक्टर समेत भाडामा लिइसकेको जनाएको छ । व्यवसायीले विहान आ–आफ्नो घर सटर अगाडी सफा गरी डस्विनमा राखिएको फोहोरलाई तत्कालको लागि ट्याक्टरले भालुखोलामा ब्यवस्थापन गर्ने समितिले बताएको छ ।
सार्वजनिक स्थलको फोहोर सफा गर्न कर्मचारीनै राखिएको छ । फाहोरको दीगो व्यवस्थापनको लागि नयाँ शहर आयोजनाले २० देखि २५ रोपनीसम्म जग्गा खोजिरहेको समितिका सचिव भोला न्यौपानेले जानकारी दिए ।
समितिले आर्थिक व्यवस्थापनको लागि मासिक रुपमा ठूला होटल ब्यवसायिबाट १ हजार, संघसंस्था तथा कार्यालय १ हजार, होलसेल पसल ८ सय, साना होटल ५ सय र साना खुद्रा पसलबाट २ सय लिने निर्णय गरेको छ ।
यसैगरी समितिले जथाभावी फोहोर फाल्नेलाई १ हजार जरिवाना गर्ने समेत निर्णय गरेको छ । वडा नम्बर ७ को शंखमुलदेखि भदौरेसम्मको बजार क्षेत्रमा छाडा चौपया भेटिएमा चौपया धनीलाई १ सय देखि ५ सयसम्म जरिवाना गर्ने समेत समितिकोे निर्णय छ ।
सो क्षेत्रमा सवारी साधनले फोहोर फाले २ सयदेखि १ हजारसम्म जरिवाना गरिने समितिका अध्यक्ष शेरबहादुर देवकोटाले जानकारी दिए । वैठकको निर्णयको प्रतिलिपी सहित इलाका प्रहरी कार्यालयले सवारी साधनलाई जेष्ठ ३१ गतेसम्म जानकारी गराउने र असार १ गतेदेखि कारबाही सुरु गर्ने बताइएको छ ।
बजार व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न प्रत्येक महिनाको पहिलो शनिबार समितिको नियमित वैठक बस्ने निर्णय भएको पनि समितिका सचिव न्यौपानेले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add