विप्लप माओवादीले मेरो चरित्र हत्या गर्न खोज्यो : घिसिङ

 बुधबार, जेष्ठ ३१, २०७४ | onlinenews
Share this

३१ जेष्ठ २०७४ रामेछाप-सुनापती गाउँपालिका– २ का मोहन घिसिङले विप्लप माओवादीले जग्गा कब्जाको नाममा आफ्नो चरित्र हत्या गर्ने प्रयत्न गरेको बताएका छन् । विप्लप माओवादीका कार्यकर्ताले सुनापती गाउँपालिका र खाँडादेवि गाउँपालिकाको सीमाना गाल्पा बजार नजिकै रहेको शम्भु तामाङको घरजग्गामा पार्टीको झण्डा गाडी मोहन घिसिङको ४० रोपनी जग्गा कब्जा गरेको प्रचार गरेपछि माओवादी प्रचारको खण्डन गर्दै घिसिङले यस्तो बताएका हुन् ।
विप्लप माओवादीले ४० रोपनी जग्गा कब्जा गरेको भनिएको स्थानमा घिसिको नाममा जम्मा २ रोपनी मात्र जग्गा रहेको छ । जनयुद्ध कालमा घिसिङले अकुत सम्पत्ती कमाएर सो ४० रोपनी जग्गा खरिद गरेको आरोप लगाए पनि घिसिङको नाममा रहेको लालपूर्जामा २०५४ साल असार २५ गते २ रोपनी जग्गा खरिद गरेको देखिन आएको छ ।
सो क्षेत्रमा चिया खेती गर्ने उद्देश्यले शम्भु तामाङ, रामबहादुर लामा, बसन्त मोक्तान र मोहन घिसिङले संयुक्त रुपमा २९ रोपनी जग्गा खरिद गरेको भए पनि  २९ रोपनी मध्यबाट घिसिङको नाममा २ रोपनी जग्गा मा भएको उहाँको लालपूर्जामा देखिन आएको छ ।
४ जनाले संयुक्त किनेको २९ रोपनी जग्गा मध्य शम्भु तामाङको आफ्नो नाममा १ रोपनी १४ आना पास गरि विप्लप माओवादीले कब्जा गरेको भनिएको घर निर्माण गरेको र महोन घिसिङले २ रोपनी आफ्नो नाममा पास गरेको घरधनी शम्भु तामाङले बताए । उनीहरुले डिकबहादुर मगर र दानबहादुर मगरसँग लिएको सो जग्गा २०५४ साल असार २५ गते पास गरेका थिए ।
शम्भु तामाङले १ रोपनी १४ आना आफ्नो नाममा पास गरेर घर बनाएको र मोहन घिसिङले २ रोपनी जग्गा आफ्ना नाममा पास गरेपछि शम्भु तामाङ, रामबहादुर लामा र बसन्त मोक्ताको नाममा २५ रोपनी २ आना जग्गा रहेको थियो । जसमा पनि बसन्त मोक्तान र मोहन घिसिङले आफ्नो हकको रकम विर्ता लिएपछि सो जग्गा अहिले रामबहादुर लामा र शम्भु तामाङको नाममा संयुक्त रहेको छ । यसले पनि के प्रष्टिन्छ भने संयुक्त जग्गामा पनि मोहन घिसिङको साँझेदारीता रहेको छैन् ।
जग्गा तथा घर कब्जा गरिएको घर जग्गा धनी शम्भु तामाङ २०५२ सालदेखि नै काभ्रे जिल्लाको बनेपामा बुद्ध फलपूmल नर्सरी लगायतका अन्य ब्यवसायमा संलग्न रहँदै आएको देखिन्छ ।
घरजग्गा कब्जा गरिएको भनि विप्लप माओवादीका कार्यकर्ताले गाडेको झण्डा भने प्रशासनले सोही दिन हटाएको थियो । २ रोपनी जग्गा भएको ठाउँमा ४० रोपनी जग्गा कब्जा गरेको भनि माओवादी कार्यकर्ताले प्रचार गरेकोमा स्थानीयबासी समेत आक्रोसित भएका छन् । राजनीतिक रुपमा ब्यक्तिगत रिसइवि साँध्नेहरुको उक्साहटमा विनासुझबुझ अर्काको घरजग्गामा झण्डा गाडेर मोहन घिसिङको बद्नाम गर्न खोजेको आरोप लगाउँदै स्थानीय सिंहबहादुर तामाङले आक्रोश ब्यक्त गरे ।
मोहन घिसिङ इमान्दार र समाजमा सबैले मान्ने ब्यक्ति भएको भन्दै गलत ओराप लगाई घरजग्गा कब्जा गरेको नाटक गरेर बद्नाम गर्न खोज्ने विप्लप माओवादीका कार्यकर्तालाई कारबाही गर्नुपर्ने उनले बताए ।
उनले भने– मोहन घिसिङले जनयुद्ध कालमा अकुत सम्पत्ती कमाएको भनिएको छ, २०६४ सालमा माओवादी भएको मानिसले कसरी कमायो जनयुद्धमा सम्पत्ती ?
यो जग्गा २०५४ सालमै किनिएको हो, अनि कसरी जनयुद्धमा पैसा कमाएर किन्यो, यो सब झुठ कुरा हो सिंहबहादुरले भने ।
एनजीओबाट समेत कमाएको भन्ने आरोप लगाएको भन्दै आपूm कहिल्यै पनि एनजीओ आइएनजीओमा नरहेको मोहन घिसिङले बताए । घिसिङले भने– कमिसनमा मिटरको खेलो गरिएको भन्ने आरोप लगाएको छ रे, आजसम्म मैले मिटरको ब्यापारै गरेको छैन, कसरी खाएँ कमिशन, मेरो एउटा मात्र कम्जोरी देखाहोस् म आरोप लगाउँनेलाई चुनौति दिन चाहन्छु ।
प्रशासनको मिलेमतोमा समेत अनियमितता गरिएको आरोप पनि लागाइएको छ भनेको सुनेको छु । फेसबुक, कुनकुन अनलाइनतिर आएको छ रे मैले देखेको पढेको छैन सुनेको मात्रै हो, मेरो गल्ती छ भने देखाइदेहोस् म जस्तोसुकै कारबाही भोग्न तयार छु अन्यथा जसले मेरो चरित्रहत्या गर्ने प्रयास गरेको छ, उसलाई कारबाही हुनुपर्छ घिसिङले भने ।

यो समस्या हामी सबैको हो :  तामाङ

    खाँडादेवी र सुनापती गाउँपालिका सीमानाको कुरा भएकाले यो खाँडादेविबासीको पनि समस्या भएको खाँडादेवी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष असलसिं तामाङले बताए ।

    मोहन घिसिङको घरजग्गा कब्जा गरेको भन्ने सुन्दा आपूm अचम्ममा परेको भन्दै विप्लप माओवादीले माफी माग्नुपर्ने उनले बताए । विप्लप माओवादीले माफी मागेर समझदारीमा नआए कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।
जनप्रतिनिधिको हैसियतले दोषिलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए । कसैको उक्साहटमा कब्जा गरिएको हो, जब कब्जा गर्नेलाई नै घरजग्गा कस्तो हो भने थाहा छैन ।
शम्भुको घरलाई महोनको भनेर प्रचार गरेको छ, यो ब्यक्तिगत रिसइवि बाहेक केही हुन सक्दैन उनले भने । यहाँ नियतबस ब्यक्तिको चरित्रहत्या गर्ने काम भएको छ, त्यसकारण जसले झण्डा गाड्ने काम ग¥यो त्यसलाई मात्र नभएर झण्डा गाड्न उकास्ने र लगाउनेलाई समेत कारबाही हुनुपर्छ तामाङको भनाई छ ।
उनले विप्लप माओवादीलाई लक्षित गर्दै भने मोहन घिसिङले गलत गरेको छ भने प्रमाण दिनुहोस् हामी पनि तपाईकै पक्षमा लाग्छौं । मोहन घिसिङले सार्वजनिक जग्गा समेत कब्जा गरेको भन्ने मैले फेसबुकमा देखेको छु, म यहाँको जनप्रतिनिधि मात्र नभएर स्थानीयबासी पनि हुँ यो कुरा मलाई थाहा छैन तामाङले भने । उनले थपे– यहाँ सार्वजनिक जग्गा कब्जा गरेको भए यहाँको बन उपभोक्ता समिति र हामी स्थानीय चुप लगेर बस्ने थिएनौं, यो मोहनलाई लगाइएको बेतुकको आरोप मात्र हो ।

दोसीलाई कारबाहीको दायरामा ल्याउँछु : वडा अध्यक्ष केसी

सुनापती गाउँपालिका वडा–२ का अध्यक्ष कमल केसीले दोषीलाई कानूनी दायरामा ल्याउने बताएका छन् । शम्भु तामाङको घरजग्गामा झण्डा गाडेर मोहन तामाङको घर जग्गा कब्जा गरियो भनेर गलत प्रचार गरेर ब्यक्तिको चरित्र हत्या गर्ने काम गरेको छ, मानहानी भएको छ, म उनीहरुलाई कानूनी दायरामा ल्याउने छु, केसीले भने । उनले थपे– यो काममा म सफल हुनेमा विश्वस्त छु ।
मोहन तामाङको बारेमा गाउँका हामी सबैलाई थाहा छ कस्तो मान्छे हो भनेर मोहनको नाम जोडेर जग्गा कब्जा गरेको प्रचार गर्नु नै गतल हो केसीले भने । मोहन तामाङ गलत मान्छे नभई इमान्दार नर्सरी ब्यवसायि भएको पनि केसीले बताए । केसीले भने– मोहन घिसिङ २०४० सालदेखि नै नर्सरी ब्यवसायमा लागेको हो र अहिले पनि त्यही ब्यवसायमा हुनुहुन्छ ।

को हुन मोहन घिसिङ ?

मोहन घिसिङ पूरोना कम्युनिष्ट कार्यकर्ता हुन् । २०४४ सालको पञ्चायति कालमा निर्वाचनको मतपेटीका फालेर उनी चर्चामा आएका थिए । मतपेटीका फालेको अभियोगमा उनी १ महिना जेल समेत बसेका थिए । पछि बहुदलीय ब्यवस्था आएपछि कम्युनिष्ट भएकै कारण १४ वटा झुठा मुद्दा लगाइएको थियो ।
उनी त्यसेवेला चौममा थिए । उनी विगत ४० वर्षदेखि कम्युनिष्ट विचारधारामा रहे पनि अहिलेसम्म उनले सरकारी सेवा सुविधा सहितको सार्वजनिक पदधारण गरेका छैनन् । उनी अहिले पनि माओवादी केन्द्रको साधरण सदस्य मात्र छन् । यस भन्दा अघि पनि उनी पार्टीको माथिल्लो हैसियतमा कहिल्यै पुगेनन् । जनमोर्चाबाट एमालेमा प्रवेश गरेका उनी २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन अघिसम्म एमालेमै थिए । पहिलो संविधानको निर्वाचन ताका तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका घिसिङ अहिले माओवादी केन्द्रका साधरण सदस्य रहेका छन् ।
राजनीतिको अलवा उनी फलपूmलको बोटविरुको नर्सरी ब्यवसायि हुन् । २०४० सालदेखि नर्सरी पेशामा लागेका उनी अहिलेसम्म पनि नर्सरी पेशामै रहेका छन् ।

Share this

प्रतिकृया

Add