मधेशले चुनावमा विजय हासिल गर्नुपर्छ : उपेन्द्र यादव

 सोमवार, असार १२, २०७४ | onlinenews
Share this

१२ असार २०७४ कपिलवस्तु


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतको आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट रोजेको बताएका छन् । बुलेट मात्रै समाधान नभएको तर्क गर्दै अध्यक्ष यादवले ब्यालेट (भोट) मा पनि

अपार शक्ति भएकोले मधेश यसबाट पछि पर्न नहुने जिकिर गरे । आइतबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,– ‘मधेशले जसरी सडक आन्दोलन गरेर दुनियाँलाई आफ्नो तागत देखाएको छ, ठीक त्यस्तै अहिले ब्यालेट मार्फत् शक्ति देखाउने गर्ने समय हो ।’ मधेशको शान्तिपूर्ण आन्दोलन माथि दमन गर्ने कांग्रेस, एमाले र माओवादीविरुद्ध वर्षौसम्म संघर्ष गरेको मधेशले भोटमार्फत् परास्त गर्न जनतालाई यादवले आह्वान गरेका छन् । ‘हिजो जसका विरुद्ध मधेशले संघर्ष गर्यो, आज उसकै खिलाफ मतदान गर्ने बेला आएको छ । मतदान पनि संघर्षकै माध्यम हो, मधेशले चुनावमा विजय हासिल गर्नुपर्छ’– यादवले भने । अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा जानुको मुख्यकारण शक्ति संचय गरि प्राप्त उपलब्धिलाई संस्थागत गर्नु नै रहेको प्रष्ट पारेका छन् ।

Share this

प्रतिकृया

Add