प्रगति महिला सामुदायिक संस्थाको भवन शिलान्यास

 सोमवार, असार १२, २०७४ | onlinenews

१२ असार २०७४- विरगञ्ज


पर्साको बेलवा गाँउपालिका वडा नम्बर ७ लक्ष्मीपुरमा एक कार्यक्रमका बिच प्रगति महिला सामुदायिक संस्थाको भवनको शिलान्यास गरिएको छ । स्थानीय समाजसेवी एवं प्रगति महिला सामुदायिक संस्थाका सदस्य मैनादेवी नुनिया र कमल महतोले पाँच लाख मुल्य बराबरको १० धुर दान गरेको जग्गामा सो भवनको शिलान्यास गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं सांसद बिचारी प्रसाद यादवले सो भवनको शिलान्यास गरेका थिए । प्रगति महिला सामुदायिक संस्थाका अध्यक्ष चम्पा चौधरीको अध्यक्षता सांसद बिचारी प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सदस्य अर्चना रिजाल, किसमती देवी चौधरी, वेलवा वडा नम्बर ४ का सचिव प्रवेश अंसारी, पत्रकार अनिल तिवारी, एमालेका नेता नविजान अंसारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

Add