भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई ह्वाइट जोनको सहयोग

 बिहिबार, असार १५, २०७४ | onlinenews

१५ असार २०७२ रामेछाप


२०७२ सालको भूकम्पमा परि ज्यान गुमाएकाका परिवारलाई ह्वाइट जोन नाम संस्थाले आर्थिक सहयोग गरेको छ ।
मानवीय सहयोग तथा सामाजिक कार्य गर्ने उद्देश्यले अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेका ह्वाइट जोन नामक संस्थामार्फत संकलन गरिएको रकम मृतकका परिवारलाई सहयोग स्वरुप प्रदान गरिएको हो ।
पढाई र रोजगारीको सिलसिलामा अमेरिका तथा अस्ट्रेलीयामा रहेका २२ जना नेपालीबाट संकलन गरिएको नेपाली ५ लाख ४१ हजार २ सय रुपैयाँ भूकम्पबाट ज्यान गुमाएका रामेछापका ४१ जनाका परिवारलाई प्रति परिवार १३ हजार २ सयका दरले वितरण गरिएको हो । २०७२ सालको भूकम्पमा रामेछापका ४१ जनाले ज्यान गुमाएका थिए ।
ह्वाइट जोन नामक संस्थाले प्राकृतिक प्रकोपमा परेका पीडित, विपन्न समुदाय र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको ह्वाइट जोनका अध्यक्ष पंकज खड्काले बताए ।

प्रतिकृया

Add