डा. केसी पुनः ११ औं आमरण अनशनमा

 सोमवार, साउन ९, २०७४ | onlinenews

९ साउन २०७४


त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले पुनः आमरण अनसनमा बसेका छन् । डा. केसीले सोमबारबाट ११ औं आमरण अनसन थालेका हुन् ।
अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि केसीले अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् । डा. केसीले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई भने नरोक्ने बताएका छन् ।
केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउनु पर्ने केसीको माग रहेको छ । त्यस्तै त्रिविले खोसको अधिकार आइओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काबारही गर्नु पर्ने उनको माग छ ।
केसीले पत्रकार सम्मेलनमा भने– शिक्षण अस्पतालको गुणस्तर खस्किएको र उपचार पनि महंगो भएको छ । निजी अस्पताल जस्तै महंगो भएको भन्दै उनले इमर्जेन्सीमा एउटै बेडमा ३ जनासम्म विरामी राख्नु पर्ने बाध्यता रहेको बताए ।

प्रतिकृया

Add