भरतपुर काण्डमा आयोगको निर्णय सदर, पुनः मतदान गर्न सर्वाेच्चको आदेश

 आइतवार, साउन १५, २०७४ | onlinenews

१५ साउन २०७४ काठमाडौं
भरतपुर काण्डामा आइतबार सर्वाेच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै पुनः निर्वाचन गर्न आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यास्तो आदेश दिएको हो । न्यायाधीसद्वयले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै मुद्दाको फैसला सुनाएका हुन् ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवदेकले जिकिर लिएको दफा ५१ ९२० मा ‘उपदफा ९१० मा जुनसुकै कुरा लेखिएको भएता पनि एउटै मतपत्रबाट धेरै उम्मेदवार चुनिने अवस्थामा जुन पदको मत बदर हुने हो त्यस्तो मत मात्र गरेर अन्य मतपत्र गणना गर्नु पर्नेछ’ भन्ने व्यवस्था भएकोमा कुन उम्मेदवारलाई मत दिएको हो सो कुरा स्पष्ट हुन नसक्ने च्यातिएको मतपत्रको आधारमा मतसंकेत छुट्याउन सकिने अवास्था नै नरहेको हुँदा च्यातिएको मतपत्र बदर मतमा राखी बाँकी मतपत्र गणना गरी पाउँ भनी निवेदन लिएको जिकिर कानून सम्मत देखिन आएन ।’
जेठ १४ गते राति भरतपुर– १९ मा मत गणनाको क्रममा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।
निर्वाचन आयोगले मतगणना स्थगित गरेपछि लामो विवाद भएको थियो । पछि निर्वाचन आयोगले छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो । उक्त टोलीले बुझाएको प्रतिवेदनका आधारमा १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
आयोगको निर्णयविरुद्ध भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले पुनः दानकोे साटो पुनः मतगणनाको माग गरेका थिए ।
तर, उनीहरुको रिट खारेज गर्दै सर्वोच्चले पुनः मतदान गर्न आदेश दिएको छ ।

प्रतिकृया

Add