रामेछापको मन्थलीमा ट्रिपर पल्टिदा दुई जना गम्भीर घाइते

 मङ्लबार, साउन १७, २०७४ | onlinenews

१७ साउन २०७४ रामेछाप


रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ ओडारेमा मंगलबार अपराहन्न ट्रिपर दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेहरुमा चालक रामेछापको सुनापति गाउँपालिका लखनपुरका तुलाबहादुर तामाङ र टिफरमा सवार खाँडादेवि गाउँपालिका रजगाउँकी ३६ वर्षिय विष्णुमाया माझी रहेकी छन् । माझी मन्थलीको प्रशासनिक काम सकेर घर जाने क्रममा ट्रिपर चढेकी थिइन ।
सिन्धुली जिल्लाको मुलकोटबाट बालुवा लिएर आएको बा २ क ६१९ नम्बरको ट्रिपर मन्थलीको ओडारेमा दुर्घटना भएको हो ।  घटना लगत्तै प्रहरी र स्थानीय उद्दारको लागि घटना स्थलमा पुगेका थिए ।
दुर्घटना भएको करिब आधा घण्टामा घाइतेहरुको उद्धार गरि उपचारको लागि तामाकोसी सहकारी अस्पतालमा ल्याइएको थियो ।
रामेछापमा उपचार सम्भव नभएपछि प्राथमिक उपचार गरि थप उपचारको लागि मनाङ्ग एयरको ९ढल्(ब्ीऋ० हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
विपरीत दिशाबाट आइरहेको गाडीलाई साइट दिने क्रममा सडकको छेउ भत्किदा दुर्घटना भएको हो । दुर्घटना भएको ट्रिपर सडकबाट करिब २ सय मिटर तल तामाकोसी नदी किनारामा पुगेको थियो । सो सडकमा अहिले स्तरोन्तनीको काम भइरहे पनि साँघुरो सडकको कारण दोहोरो यातायात सञ्चालनमा कठिनाई त छदैँछ, त्यतिकै जोखिम पनि भएको सवारी चालकहरु बताउँछन् ।

प्रतिकृया

Add