चुचुरेमा वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने बारे अन्र्तक्रिया

 सोमवार, साउन २३, २०७४ | onlinenews

२३ साउन २०७४ रामेछाप


गोकुलगंगा गाँउपालिका वडा नम्बर–१ चुचुरेमा  आइतबार ‘सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिका’ बिषयक अन्र्तक्रिया गरिएको छ ।  
त्यस वडाबाट बैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या उल्लेख्य भए पनि सुरक्षित वैदेशिक रोजगारीको बारेमा ध्यान नदिंदा समस्यामा पर्ने गरेको भन्दै सोही वडाको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वडा सचिव नरेश गिरीले जानकारी दिए ।
जिल्लामा सुरक्षित बैदेशिक रोजगारीका लागि काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामीसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
परियोजनाले सदरमुकाममा सूचना तथा परामर्स केन्द्र संञ्चालन गरे पनि वैदेशिक रोजगारी सम्बन्धित जानकारी लिन सूचना केन्द्रमा जानेको संख्या न्यून भएको भन्दै सूचना केन्द्रले वडा अध्यक्ष र सम्वन्धित सरोकारवाको ध्यानाकर्षण गराएको थियो ।
परियोजनाले विदेश जान चाहनेलाई निःशूल्क सीप तालिम दिने व्यवस्था समेत मिलाउँदै आएको छ । तर, गोकुलगंगा–१ बाट वैदेशिक रोजगारिमा जानु पूर्व सीम सिक्न भन्दै एकजनाले मात्र सम्पर्क गरेको परामर्स केन्द्रका परामर्सकर्ता जितबहादुर तामाङले बताए ।
कार्यक्रमको सहजीकरण चारघरे अन्र्तगत सुचना तथा परामर्स केन्द्रका कार्यक्रम संयोजक दिपक के.सी, सामुदायिक जनशक्ति विकास कार्यक्रम अन्र्तगत विद्यालय तथा आमसञ्चार कार्यक्रमका कार्यक्रम संयोजक सागर बिक्रम बस्नेतले लगायतले गरेका थिए ।
कार्यक्रममा बैदेशिक रोजगारीमा गई फर्किएका ६ जना युवाले विदेशको अनुभव सुनाउँदै सरकारले युवामैत्री कार्यक्रम नल्याउँदा आपूmहरु रोजगारिको लागि विदेश जानुपरेको बताएका थिए ।
सरकारले युवामैत्री बातावरण सिर्जना गरी युवालाई गाँउमै स्वरोजगार बनाउन सहुलियतमा लगानी कर्जाको व्यवस्था गरिदिने हो भने सिमित पैसाका लागि आपूmहरु विदेश नजाने उनीहरुको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष मणि कुमार लामाले निर्वाचन पश्चात स्थानीय तह नीति निर्माणको चरणमा रहेको भन्दै आगामी दिनमा गाउँमा रोजगारीको सिर्जना गर्ने गरि युवामैत्री कार्यक्रममा जोड दिएका बताएका छन् ।
गोकुलगंगा–१ प्राकृतिक श्रोत र साधनले सम्पन्न भएको हुँदा उद्योग, कलकारखाना, जडिबुटि प्रशोधन केन्द्रको स्थापना गरी युवाहरुलाई रोजगार सिर्जना गर्न आपूm प्रतिबद्ध रहेको पनि लामाले बताए ।
अन्तरक्रियामा वडाका निर्वाचित सदस्यहरु, हेल्थपोष्ट ईञ्चार्ज, वडाभित्रका बिद्यालयका शिक्षक, स्थानीय बुद्धिजीवी र बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add