सरकारको नियतमै खोट छ: यादव

 मङ्लबार, साउन २४, २०७४ | onlinenews

२४ साउन २०७४ पाँचथर


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित गर्न ढिलाइ भएको भन्दै सरकारको नियतमै खोट देखिएको बताएका छन् ।

पाँचथरको फिदिममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सरकारले विधेयक पास गर्न ढिलाइ गर्नुले नियतमै खोट रहेको देखिएको बताए । संविधानमा रहेका त्रुटिहरु हटाउन तथा असमानता र विभेद अन्त्य गर्न संशोधन आवश्यक रहेको उनको भनाइ छ । उनले संशोधन नभए अहिलेको संविधानको पनि विकल्प खोज्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

‘यसअघिका ६ वटा संविधानमा मुलुकको विविधता थिएन, जसले मुलुकलाई धान्न सकेन,’ यादवले भने, ‘संशोधन गरिएन भने अहिलेको संविधानको पनि विकल्प खोजिन्छ । चुनाव भयो भनेर सर्वस्वीकार्य भएको भ्रम हुनसक्छ, भ्रम नपालौँ ।’ निर्वाचनका सम्बन्धमा सरकार उल्टो बाटो हिँडेको गुनासो यादवले गरे । पहिले संसद, त्यसपछ प्रदेश र स्थानीय तहको चुनाव गर्नुपर्नेमा सरकारले उल्टो दिशाबाट चुनाव गरेको उनको आरोप छ ।

प्रतिकृया

Add