संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक: नेता पुन

 मङ्लबार, साउन २४, २०७४ | onlinenews
Share this

२४ साउन २०७४  रुपन्देही


नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक रहेको बताएका छन् । सबै दललाई समेटेर निकास निकाल्न संविधान संशोधन जरुरी रहेको धारणा राख्दै संविधान कार्यान्वयन गर्दै मुलुकलाई अगाडी बढाउन प्रतिपक्ष दल पनि गंभिर बन्नुपर्ने भन्दै यसका लागि वारम्वार अनुरोध गर्दै आइएको उनले बताए ।

मुलुकको आवश्यकता अनुरुप का्रग्रेस र माओवादी केन्द्र एक ठाउँमा उभिएको तर्क पनि उनले गरे । स्थानीय निर्वाचनमा माओवादीबाट उम्मेदवार भएर विजयी भएका जनप्रतिनिधिहरुले काममा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

उनले भने, ‘जनताको सेवागर्ने, जनताको काम गर्ने, जनताको घरदैलोमा पुगेर जनअपेक्षा अनुरुप काम गर्ने छन् र राम्रो काम गर्ने प्रतिस्पर्धा गर्नेछन् ।’

उनले पार्टीका तर्फबाट उम्मेदवार भएर विजयी भएका जनप्रतिनिधिहरुलाई पाटीले प्रशिक्षण दिने र नमुनाका रुपमा काम गर्न निर्देशन दिने बताए ।

Share this

प्रतिकृया

Add