मलेसियामा ४ सय भन्दा बढी प्रहरी हिरासतमा

 मङ्लबार, साउन २४, २०७४ | onlinenews

२४ साउन २०७४


मलेसियाका सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा चार सय भन्दा बढी मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् ।
मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाककर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
सुरक्षाकर्मीले नम्कली पासपोर्ट बनाउने मेसिन, आप्रवासन सम्बन्धी फर्जी कागजातसहितका सामान पनि बरामद गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा यहि अगस्ट १९ देखि दक्षिण पूर्वि एसियन गेम्स हुँदैछ । यसले गर्दा शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार गरिएको अभियानको क्रममा पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिकृया

Add