डा. केसीको समर्थनमा रामेछापका डाक्टर पनि आन्दोलीत

 शुक्रबार, साउन २७, २०७४ | onlinenews

 २७ साउन २०७४ रामेछाप


  ११ औं पटक अन्सनरत डा. गोविन्द केसीको समर्थनमा रामेछाप जिल्लामा पनि सरकारी स्वास्थ्य संस्थाले आकस्मिक बाहेक स्वास्थ्य सेवा बन्द गरेका छन् ।
सरकारले डा. गोविन्द केसीले उठाएको जायज मागको सुनुवाई नगरेको भन्दै सरकारको ध्यानाकर्ष गराउँन देशभरीजस्तै रामेछाप जिल्लामा पनि आकस्मिक बाहेको स्वास्थ्य सेवाहरु बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ ।
डा. केसीको आन्दोलनलाई समर्थन र सरकारले केसीको माग पूरा नगरेको विरोधमा आन्दोलन स्वरुप स्वास्थ्य सेवा बन्द गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका डा. बृजेश घिमिरेले बताए ।
उपचारको लागि आउँने विरामीहरुलाई आकस्मिक बाहेक ओपिडी सेवा स्वास्थ्य चौकीको बाहिर खुला चौरमा राखेर उपचार गरिएको डा. घिमिरेले बताए ।
डा. केसीले अघि सारेको माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि उनले बताए ।
सरकारले डा. गोविन्द केसीको जायज मागलाई वेवास्ता गरेर डा.केसीको षड्यन्त्रपूर्ण ढंगले हत्या गर्न खोजेको डा. हरिशंकर मण्डलले आरोप लगाए ।
डा. केसीजस्तो सबैको भलो चाहने महान् ब्यक्तिको जीवन रक्षा गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि डा. मण्डलले बताए । डा. केसीको माग सरकारले पूरा नगरेसम्म आन्दोलन जारी रहने पनि उनले बताए ।
त्यसैगरी जिल्ला अस्पताल रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाहले पनि डा. केसीको मागको समर्थनमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा अस्पतालको बाहिर खुल्ला ठाउँमा सञ्चालन गरिएको बताएका छन् ।

प्रतिकृया

Add