पहिरोमा पुरिएर एकै परिवारका चारको ज्यान गयो

 शनिबार, साउन २८, २०७४ | onlinenews

२८ साउन २०७४ सिन्धुली


अविरल वर्षासँगै गएराति आएको पहिरोले पुरिएर सिन्धुलीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ ।
पहिरोमा पुरिएर सिन्धुलीमाढीको २ नम्बर बजारका उदयबहादुर  (लकाई) खड्काको परिवारका ४ जनाको मृत्यु भएको हो ।
शनिबार बिहान करिब २ बजेतिर आएको पहिरोमा पुरिएर  उदयबहादुरका श्रीमती ३७ वर्षिय दुर्गाकुमारी खड्का, छोरी १५ वर्षकी शोभा खड्का, छोराहरु १० वर्षिय अनिष खड्का र ८ वर्षिय मनिष खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कम्जोर आर्थिक अवस्था कारण सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गरेर परिवारको छाक टार्दै आएका उदयबहादुरको परिवार नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको जग्गामा घर बनाएर बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालयको आवास भवन नजिकैबाट झरेको पहिरोले खड्काको घर पुरेको हो । उदयबहादुर भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
रातिको समयमा पहिरो आएको र उद्दार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको उनले बताए ।

‘म ढोकाको छेउमा सुतेको थिए । श्रीमती, छोरा, छोरी भित्ता पट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् खड्काले भने ।
उनले भने–‘घटना भएदेखिनै म जोडले चिच्याएँ तर ठूलो पानी परेकाले मेरो आवाज कसैले सुनेनन् क्यार, करिब ४ बजे तिर छिमेकीले थाहा पाएर प्रहरीमा खबर गरिदिए ।’
छीमेकीले प्रहरीलाई खबर गरिदिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पुरिएको अवस्थाबाट शव निकालेका थिए ।

प्रतिकृया

Add