पाकिस्ताको क्वेटा शहरमा बम आक्रमण कम्तीमा १५ को मृत्यु

 आइतवार, साउन २९, २०७४ | onlinenews

२९ साउन २०७४


पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको छ । घटनामा अरु ३० जना घाइते भएका छन् ।
 घटनामा ज्यान गुमाउनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ । ड्युटीमा जाँदै गरेको सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
घटनामा घाइते भएका ३० मध्ये १५ जना सर्वसाधारण नागरिक रहेका छन् । घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ ।
बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति स्थानमा घटना भएको हो । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

प्रतिकृया

Add