भदौभरीमा सिइओएनसी सेवा सञ्चालन हुन्छः डा. शाह

 बुधबार, साउन ३२, २०७४ | onlinenews

१ भदौ २०७४ रामेछाप


 प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा एक महिनादेखि बन्द रहेको आकस्मिक २४ घण्टे प्रसुति सल्यक्रिया सेवा यही भदौ महिना भरिमा पुनः सञ्चालनमा आउने जिल्ला स्वास्थ्य काया{लय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाहले बताएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २०७३ साल वैशाख १७ गतेबाट आकस्मिक २४ घण्टे प्रसुति सल्यक्रिया सेवा सुरु भएको थियो ।
सो सेवा सञ्चालनमा आएपछि रामेछाप जिल्लाका साथै आसपासका जिल्लाहरु दोलखा, ओखलढुङ्गा, सिन्धुली लगायतको जिल्लाका विरामी सेवाका लागि आउँने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ ।
सल्यक्रिया सेवा सुरु भएदेखि गत असार मसान्तसम्ममा १ सय ३१ जनाको जटिलतायुक्त प्रसुतिको सल्यक्रिया गरिएको प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीका सि.अ.हे.व. अधिकृत भरतकुमार श्रेष्ठले बताए ।
सल्यक्रिया गने{ डाक्टरसँगको सम्झौता गत असार मसान्तमा सकिएको र राज्यको नयाँ पुनःसंरचना अनुसार सो काय{क्रम नगरपालिकामा कि जिल्ला स्वास्थ्य काया{लयमा आउने भन्नेमा अलमल भएको कारण केही समयको लागि सल्यक्रिया सेवा बन्द हुन पुगेको डा. शाहले बताए ।
सिइओएनसी काय{क्रम जिल्ला स्वास्थ्य काया{लय माफ{त सञ्चालन गने{ गरि अख्तियारी  र बजेट समेत आइसकेको पनि डा. शाहले जानकारी दिएका छन् ।
सल्यक्रिया गने{ डाक्टर ब्यवस्थापनको लागि सूचना आब्हानको तयारी भइरहेको र तत्कालै सूचना प्रकाशन गरि डाक्टरको ब्यवस्था गरिने पनि उनले बताएका छन् ।
आकस्मिक २४ घण्टे प्रसुति शल्यक्रिया सेवा सञ्चालनका लागि ४० लाख रकम यो वष{का लागि जिल्ला स्वास्थ्य काया{लयमा आइसकेको पनि उनले बताएका छन् ।
स्थानीय तह बनेसंगै अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि अन्योलताहरु भएकाले केही समस्या उत्पन्न भएको डा. शाहको बताए ।
अहिले जिल्लाको सुनापति र उमाकुण्डा बाहेक सबै गाउँपालिकाहरु आवश्यक औषधिकहरु पुगिसेको डा. शाहले बताएका छन् ।
बलबाढिले सडक विक्रएर यातायात जान नसक्दा सुनापति गाउँपालिकाको लागि पठाइएको औषधी गाल्पामा रोकिएको र उमाकुण्डा गाउँपालिकामा तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था नरहेकाले औषधी पु¥याउन समस्या भएको डा. शाहले बताए ।
यातायात सञ्चालन नभए पनि औषधी नपुगेको स्थानहरुमा एकहप्ता भित्रमा पु¥याइसक्ने बताएका छन् । मंगलबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो जानकारी गराएका हुन् ।

प्रतिकृया

Add