थोरे बोल्छु धेरै काम गर्छु : थापा

 बिहिबार, भदौ १, २०७४ | onlinenews

१ भदौ २०७४ रामेछाप


 राजनीतिक दलहरुको एकले आर्कोलाई गाली गर्दैमा समय खेर गएको भन्दै त्यसलाई निरुत्साहित गर्न आपूmले थोरै बोल्ने तर धेरै काम गरेर देखाउँने बताएका छन् ।
उनले भने– ‘२० वर्षसम्म जनप्रतिनिधि नहुँदा राजनीतिक दलहरुले  एकले अर्कोलाई गाली गरेरै समय विताए अब काम गर्ने बेला आएको छ ।’ त्यसैले ‘म भाषण गर्नु भन्दा जनताको पक्षमा काम गरेर देखाउँन चाहन्छु ।’
जसका लागि सबैको सहयोगको आवश्यकता पर्दछ, यहाँहरु सबले सहयोग गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु मगरले भने ।
अब चारघरे सेवा समितिले विदेश जानेहरुलाई कानूनी प्रक्रियाको बारेमा सिकाउने मात्र नभई विदेश जान चाहनेहरुको लागि सीपमूलक तालिम दिने कार्यक्रम पनि ल्याउनु पर्ने बताए ।
उनले भने– ‘नगरपालिकाले पनि चारघरे सेवा समितिजस्ता संस्थाहरुसँग यस्तो अपेक्षा गरेको छ, विदेश जानेहरुको लागि परामर्श दिने मात्र हैन उनीहरुलाई सीपमूलक तालिम दिने कार्यक्रम ल्याउँनुपर्छ ।’
सीप र क्षमता विना विदेशमा मात्र हैन नगरपालिकामा पनि रोजगारि नपाइने भन्दै सीपमूल तालिम दिने संस्थाहरु आएमा नगरपालिकाले सक्दो सहयोग गर्ने पनि मेयर थापामगरले बताए ।
सीप र भाषा नसिकी र वैेदेशिक रोजगारिको बारेमा राम्रोसँग जानकारी नलिई विदेश जानेहरुले विदेशमा पुगेर दुःख पाएको भन्दै, विदेश जान चाहनेहरुले सीप सिकेर, तालिम लिएर र विदेश पुगेपछि गर्नुपर्ने काम र पाउँने तलब भक्ताको बारेमा राम्रोसँग बुझेर जान पनि आग्रह गरेका छन् ।
चारघरे सेवा समिति रामपुरको २३ औं साधारणसभा तथा १२ औं अधिवेशनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।  त्यसैगरी चारघरे सेवा समितिको संस्थापक शेरबहादुर श्रेष्ठले चारघरे सेवा समिति समावेशी चरित्रको भएको बताए । समावेशी चारित्र नै अन्य संघसंस्था भन्दा चारघरे सेवा समितिको फरकपना भएको श्रेष्ठको भनाई थियो ।
समावेशी चरित्र प्रजातान्त्रिक परिपाटीमा राम्रो भए पनि संस्थाको लागि त्यही नै चुनौतिको विषय बनेको पनि श्रेष्ठले बताए । चारघरे सेवा समितिमा सबै राजनीतिक पार्टीमा आस्था राख्ने सबै वर्ग र समुदायको मानिसहरुको संलग्नता रहेको उनको भनाई थियो ।
संस्थामा समावेशी चरित्रको कारण कनै पनि राजनीतिक पार्टीहरुले संस्थालाई आफ्ना भन्न नसक्दा राजनीतिक पार्टीहरुबाट आफ्नो संस्था अपहेलित भएको भन्दै उनले गुनासो पनि गरे ।
कुनै पनि परियोजना पार्नमा राजनीतिक दलहरुले सहयोगन नगरेको र संस्थाको प्रस्ताव पत्र राम्रो भएकालेमात्र परियोजनाहरु आएको पनि उनले बताए ।
चारघरे एउटा पार्टीको मात्र नभएर सबै पार्टीको साझा भएकोले जुन पार्टीको सरकार आए पनि आपूmहरुको लागि समान हुने भएकाले पार्टीहरुले हाम्रो हैन भनेर हेला नगरिदिन पनि श्रेष्ठले आग्रह गरे ।

प्रतिकृया

Add