खोलामा डुबेर ३ बालकको मृत्यु

 बिहिबार, भदौ ८, २०७४ | onlinenews

८ भदौ २०७४ हेटौंडा


मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । मनहरीबजार नजिकै खोलामा पौडी खेल्न गएका बालकहरुको डुबेर ज्यान गएको हो ।
खोलाले बगाएका एकजना बालकलाई भने सकुशल उद्दार गरिएको स्थानीयले बताएका छन् । मृतक बालकहरुको शब मनहरी पुलमूनिबाट निकालिएको थियो ।
मृत्यु हुनेमा मनहरीकै ११ वर्षका अमन थिङ, १० वर्षका अलेश रुम्बा र १२ वर्षका प्रशका रुम्बा रहेको प्रहरीले जनाएको छ । १५ वर्षका बुद्ध मोक्तानलाई भने स्थानीयले जीवितै उद्दार गरेका छन् ।
गम्भीर घाइते रुम्बालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । मृतकको शव स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिकृया

Add