एमालेका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

 मङ्लबार, अशोज ३, २०७४ | onlinenews

३ असोज २०७४ रामेछाप


नेकपा एमाले रामेछापले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई मंगलबारबाट प्रशिक्षण दिन सुरु गरेको छ ।
सदरमुकाम मन्थलीमा सुरु भएको प्रशिक्षणमा १ नगरपालिका र ४ गाउँपालिकाबाट निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको सहभागिता रहेको नेकपा एमाले रामेछापले जनाएको छ ।
मंगलबार सहभागिहरुलाई पूर्वसांसद एवं स्थानीय निकाय विज्ञ कृष्णप्रसाद सापकोटाले प्रशिक्षण दिएका छन् । जनप्रतिनिधिहरुलाई स्थानीय निकायमा जनताको कामलाई कसरी प्रभावकारी ढंगले गर्ने, स्थानीय निकायमा सुशासन कायम गरी आर्थिक समृद्धिमा गर्नुपर्ने प्रयासहरुका बारेमा विषय विज्ञहरुले प्रशिक्षण दिने बताइएको छ ।
बुधबार पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगलले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिकृया

Add