कांग्रेसको प्रशिक्षण र शुभकामना

 बुधबार, अशोज ४, २०७४ | onlinenews

४ असोज २०७४ रामेछाप


नेपाली काँग्रेस रामेछाप नगर समितिले कार्यकर्ताको लागि प्रशिक्षण तथा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
नगर समितिद्धारा संचालीत २ दिने प्रशिक्षण तथा शुभकामना आदनप्रदान कार्यक्रम बुधबार सकिएको हो । पार्टीको संगठन विस्तार र सुदृढिकरण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काँग्रेस श्रोतले बताएको छ ।
प्रशिक्षण कार्यक्रममा नगरपालिका भित्रका सबै वडाका पार्टी पदाधिकारीहरु, काँग्रेसको तर्फबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा वडा सदस्यहरु र जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्ग, पार्टी प्रशिक्षण विभागका केन्द्रिय सदस्य मधु आचार्य, नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने र डा.सुमन कर्माचायले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रम सकिएसँगै बुधबारनै रामेछाप नगरपालिका अन्तर्गका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यापारी, शिक्षक, बुद्धिजीवि र नागरिक समाजका अगुवाहरुको सहभागितामा चियापान कार्यक्रमको समेत आयोजना गरेको छ ।
नजिकिदै गरेको विजया दशमीको अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिकृया

Add