बैंकमा समेत कर्मचारीको दादागिरी

 बुधबार, अशोज ४, २०७४ | onlinenews

४ असोज २०७४ रामेछाप


केही दिनयता राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखामा पेन्सनवालाहरुको निकै भिडभाड लागेको छ । नेपालीको मुख्य पर्व बडा दशै नजिकिएसँगै बैंकमा पेन्सन निकाल्नेहरुको भिड लागेको हो ।
दशै मुखैमा आइपुगेकाले बैंकमा पैसा निकाल्नेको भिडभाड हुनु स्वभाविकै हो । गाउँका पेन्सनवालाहरुले दशैको लागि पैसा साँचेर राख्ने भएकाले पनि दशैको बेलामा पेन्सन झिक्नेहरुको भीड लाग्नु नौलो कुरा होइन ।
तर उमेरले हजुरबा÷हजुरआमा समानको बृद्धबृद्धालाई बैंकका कर्मचारीले गर्ने ब्यवहार देख्नेलाई पनि अनौठो लाग्छ । घटस्थापनाको दुई दिनमात्र अघि बुधबार बाणिज्य बैंकमा पैसा निकाल्न आउनेहरु विशेष गरि पेन्सन निकाल्न आउँनेहरुको अत्याधिक भिड थियो ।
उमेरले ७० नाघेकाजस्तो देखिने बृद्धबृद्धाहरु लौरो केटर पैसा निकाल्ने लाइनमा बसिरहेका छन् । मन्थलीको गर्मी त्यहीमाथि लेखबाट झरेका बृद्धबृद्धाहरु लाइनमा उभिनु पर्दा पसिनाले शरीर लछप्पै भिजेको अवस्था थियो ।
आफ्नो पालो कहिले आउने हो पत्तो थिएन । दशैको बेला घर फर्कनलाई सवारी साधन नपाइने समस्या त छदैछ, गाउँजाने सवारी साधन पनि छुट्ने चिन्न पनि त्यत्तिकै थियो उनीहरुलाई । समयमै काम नसकिंदा मन्थलीमै बास बस्नुपर्ने बाध्यता छ ।
मन्थली बस्नुपर्दा खर्च त बढ्ने नै छ । गर्मीको कारण मन्थलीमा रात विताउन पनि मुस्किल छ गाउँबाट झरेका मानिसलाई । समयमै काम नभएको चिन्ता त छदँदै छ, त्यसमाथि पनि बैंकका पालेदेखि कर्मचारीसम्मको हप्कीदप्की पनि खेप्नु परिरहेको थियो उनीहरुले ।
पैसा निकाल्न लाइनमा बसिरहेका बृद्धबृद्धाहरुलाई बैंकका पालेले पनि आफ्नो बर्दिको औकात देखाइरहेका थिए । लाइनमा बसेका हजुरबा÷ हजुरआमा समानका बृद्धबृद्धालाई लाइनमा हप्किदप्की र ठेलमेल गर्नुको उसको लागि सामान्य कुरा थियो । पालेको रवैया पारगर्दै बल्लतल्न पैसा लिने काउण्टरमा पुगेपछि पनि हप्की खानुपथ्र्यो उसले ।
काउण्टरमा बसेको केही कर्मचारीहरु यस्तो ब्यवहार गरिरहेका थिए कि आफ्नै खल्तीको पैसा सेवाग्राहीलाई दिनुपरेको जस्तो । केही कर्मचारीको ब्यवहार देख्दा लाग्दथ्योे दशैको बेला नभइदिएको भएँ पैसा नै ननिकाली घर फर्कऔं जस्तो । कतिपय बृद्धबृद्धा त लाइनमा बस्न नसकेर पैसा नै ननिकाली घर फर्किए पनि ।
दशैको बेला नभएको भए पैसानै नलि घरजाने थिए एक बृद्धले गुनासो गरे । पैसा नलि घर जाउँ पनि दशै खर्च यही हो, पैसा लिएर जाँउ पनि कर्मचारीले आफ्नै बाउँको सम्पत्ति दिनुपरेको जस्तो गर्छ उनले भने । उनले थपे मिठो बोल्दा उसको के जान्थ्यो र ।
बृद्ध बाले भनेजस्तै बैंकका केही कर्मचारीको दादागिरी नै देखिन्थ्यो । पैसा दिंदा पनि परैबाट फालिदिन्थ्ये । हो सेवाग्राहीको भिडको कारण कर्मचारीलाई भ्याइनभ्याई थियो ।
कामको चाप बढ्दैमा सेवाग्राहीमाथि आवेश देखाउँनु कत्तिको उचित हुन्छ । त्यो कर्मचारी आफैले सोच्ने कुरा हो । उ जागिर होे, जागिरेले सेवाग्राहीलाई निच जर्दाको ब्यवहार गर्नु अवश्य पनि जायज हुँदैन ।
दशैको बेला भएकाले सेवाग्राहीको चाप बढ्छ र पेन्सनवालहरुको भिड हुन्छ भन्ने कुरा बैंकलाई अवस्य पनि थाहा थियो । उसले भिडलाई ख्याल गरेर ब्यवस्थापन गर्न सकेको भए यस्तो समस्या आउँने थिएन ।
भित्र लाइनमा बसेको बृद्धबृद्धाहरुलाई हप्किदप्की गर्नुको साटो पालेलाई बाहिर गेटमा खटाएर लाइनलाई मात्र ब्यस्थित गर्न सकेको भए पनि सहज हुने थियो । कर्मचारीले सेवाग्राहीलाई हाँसेरै सेवा दिएको भए पनि उसलाई घाटा लाग्ने थिएन । र, बृद्धबृद्धाले लाइन बस्न नसकेर रित्तोहात फर्कनु पर्ने पनि थिए ।

प्रतिकृया

Add