कार्कीलाई कार्यवाहक सभापति र श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी
सोमवार, भदौ २४, २०८१
६ असोज २०७२ रामेछाप
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ विटारस्थित केराबारीमा यात्रु बाहक बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा रामेछाप नगरपालिका वडा नम्बर ८ का ५५ वर्षिय दिपककुमार श्रेष्ठ, वडा नम्बर ७ की बालकुमार बस्नेत र बझाङ जिल्ला राय गाउँपालिका घर भएकी २५ वर्षिय उमा खड्का रहेकी छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । गम्भी घाइते हुनेमा एक ४ महिनाको एक बालिका पनि रहेकी छन् । रामेछाप नगरपालिकाको रामपुबाट २५ जना यात्रु बोकेर काठमाडौं जाँदै गरेको हिमाल तराई यातायताको बा २ ख ६३७२ नम्बरको बस तीब्र गतिका कारण मोडमा नमोडिएपछि सिधै भीरबाट खसेको थियो । बस चालक मोहानलाल श्रेष्ठ प्रहरीको नियन्त्रमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।