रामेछापको हलेदेमा सूमो दुर्घटना, ११ घाइते, दुइको अवस्था गम्भीर

 मङ्लबार, अशोज १०, २०७४ | onlinenews
Share this

१० असोज २०७४ रामेछाप


रामेछाप जिल्लाको लिखु गाउँपालिका–७ स्थित हलेदेवेसीमा टाटा सूमो दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् ।
मंगलबार लिखु गाउँपालिकाको खिम्तीबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको हिमगंगा यातायात प्रा.लि.को ना १ ज ६०३९ नम्बर टाटासूमो हलेदेबेसीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा लिखु गाउँपालिका–७ तिल्पुङ्गका १३ वर्षिय समिर आलेमगर, सोही ठाउँका ३४ वर्षका सुनकाजी आले, ४६ वर्षका मानहादुर आलेमगर, २१ वर्षका बेदबहदुर रसाइली, मन्थली नगरपालिका–१२ गेलु सिग्रालका ३२ वर्षका दिनेश बुढाथोकी, उनकी ९ वर्षिय छोरी एलिना बुढाथोकी सोही ठाउँका ३२ वर्षकी बिमला कार्की, उनको १२ वर्षिय छोरा विपन कार्की रहेका छन् ।
त्यसैगरी दुर्घटनामा लिखु गाउँपालिका–७ का ५० वर्षिय मिश्रा बुढाथोकी, मन्थली नगरपालिका– १२ गेलुका ३६ वर्षका तेजबहादुर खड्का र सवारी चालक लिखु गाउँपालिका–७ का २२ वर्षका मोहन रसाइली पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
विपरीत दिसाबाट आइरहेको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । सूमो सडकबाट करिब ७५ मिटर तल तामाकोसी नदि किनारमा पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका गम्भीर घाइतेहरुलाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

Share this

प्रतिकृया

Add