रामेछापको लखनपुरमा करेण्ट लागेर दुई जना अचेत १ गम्भीर घाइते 

 आइतवार, अशोज १५, २०७४ | onlinenews

१५ असोज २०७४ रामेछाप


रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ६ मा करेण्ट लागेर दुई जना अचेत भएका छन् भने एक जना गम्भीर घइते भएका छन् । करेन्ट लागेर दोरम्बा गाउँपालिका–६ का लालबहादुर गौतम र टिकामाया गौतम अचेत अवस्था रहेका छन् भने ज्ञानबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । उनीहरुको ग्राण्डी अस्पताल काठमाडौंमा आइस्यूमा राखेर उपचार भइरहेको बताइएको छ । अन्य १५ जना भन्दा बढी घाइते भएको दोरम्बा गाउँपालिका वडा नं. ६ का अध्यक्ष अनुप गजुरेलले जानकारी दिए । उनीहरुको स्थानीय स्तरमै उपचार भइरहेको बताइएको छ । विहान ८ बजेको समयमा विद्युत प्रसारण भइरहेको मेन लाइनमा एक्कासी होइभोल्टेड करेण्ट प्रवाह भएपछि घरमा बत्ति बाल्न प्रयोग गरिएको तारको नजिक बसेका टोलैभरीमा मानिसलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।  लामसाँघुबाट ल्याइएको मेन प्रसारण लाइनका पोलहरु धेरैजसो काठको रहेको र त्यसको पनि कम उचाइको कारण समान्य हावा लाग्दा पनि रुखको छेउमा रहेको प्रसारण लाइनमा रुखको हाँगाले छुने भएकाले विद्युत प्रसारण लाइनमा गडबढी भइरहने स्थानीयको भनाई छ । विद्युत प्रसारणको मेन लाइनमा प्रयोग गरिएको काठको पोलहरु जमिनमुनी गाडिएको माग कुहिएपछि, कुहिएको मागलाई फालिदिएर त्यही बाँकी रहेको मागलाई पोलको रुपमा प्रयोग गर्दा पोलहरु झनझन होचो हुँदै गइरहेको अवस्था छ ।  समस्याको बारेमा सम्बन्धित निकायमा पटक–पटक कुरा राख्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ । त्यहाँको विद्युत प्रसारण लाइनका कयौँ पोलहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । लामसाँघु हुँदै आएको त्यस विद्युत प्रसारण लाइनमा प्रयोग गरिएको मोल र तारका अवस्थामा सुधार नगर्ने हो भने कुनै पनि बेला त्यस क्षेत्रका बस्तीनै आगलागीको जोखिममा पर्नसक्ने अवस्था रहेको छ ।

 

 

 

प्रतिकृया

Add