राप्रपाले लोकतान्त्रिकलाई सघाउने

 बुधबार, कार्तिक १५, २०७४ | onlinenews

१५ कार्तिक २०७४ रामेछाप


राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले लोकतान्त्रिक गठबन्धनलाई सघाउने निर्णय गरेको छ । सोमबार मन्थलीमा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका अध्यक्ष रामचन्द्र कडेलको अध्यक्षतामा बसेका बैठकले लोकतान्त्रिक गठबन्धनलाई सघाउने औपचारिक निर्णय गरेको हो ।
बैठकले राप्रपाका केन्द्रीय सदस्य लालध्वज लामाको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । जस मध्यय लालध्वजन लामा, रामचन्द्र कँडेल, केशव दाहाल, रमेशकुमार अधिकारी, र सरस्वती श्रेष्ठलाई लोकतान्त्रि गठबन्धको निर्वाचन परिचालन समितिमा पठाउने निर्णय गरिएको पनि राप्रप्रा रामेछापका सचिव दिपक कार्कीले जानकारी दिए ।
रामेछापमा लोकतान्त्रिक गठबन्धनलाई सघाउँन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको सबै उम्मेदवारी फिर्ता लिएको थियो । रामेछापमा लोकतान्त्रि गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाउने राप्रपाले जनाएको छ ।

प्रतिकृया

Add