संघीय समाजवादी फोरमका प्रदेशसभा उम्मेदवार बेहोस भएपछि…

 शुक्रबार, कार्तिक १७, २०७४ | onlinenews

१७ कार्तिक २०७४ रामेछाप


संघीय समाजवादी फोरम नेपालका रामेछाप जिल्लाको प्रदेशसभा ‘ख’ का उम्मेदवार रामबहादुर तामाङ एक्कासी बेहोस भएका छन् । चुनाव प्रचारप्रसारको क्रममा सदरमुकाम मन्थली आइपुगेका तामाङ शुक्रबार करिब साँढे तीन बजेको समयमा एक्कासी बेहोर भएर ढलेका थिए ।
बेहोस भएका तामाङलाई रामेछाप सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलीकप्टरमार्फट काठमाडौं पठाइएको छ । तामाङलाई शरीरमा समान्य एलर्जी भएको र एलर्जीको औषधी सेवन गरेपछि उनी एक्कासी बेहोस भएको संघीय समाजवादी फोर नेपाल प्रतिनिधिसभा रामेछापका उम्मेदवार अमृतबहादुर सुनुवारले जानकारी दिए ।

प्रतिकृया

Add