कान्छारामलाई दिमीपोखरीबासीले २१ किलोको मालाले स्वागत गरे

 शनिबार, कार्तिक १८, २०७४ | onlinenews

१८ कार्तिक २०७४ रामेछाप


नेपाली कांग्रेसबाट रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)लाई रामेछापको सुनापाती गाउँपालिका–२ दिमीपोखरीका स्थानीयले २१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् ।
चुनावि अभियाको क्रममा शनिबार दिमीपोखरी पुगेको कान्छारामलाई त्यहाँका स्थानीय २१ किलोको मालाले स्वागत गरेका हुन् ।
स्वागतपछि चनावि सभालाई संवोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार कान्छारामले चुनावमा आपूmले जित रामेछाप जिल्लालाई समृद्ध बनाउने बताए ।
आपूm सरकारमा नहुँदा पनि विगतदेखि नै रामेछाप जिल्लाको विकास निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गरेको भन्दै निर्वाचमा आपूm विजयी भए रामेछापको चौतर्फी विकास गर्ने बताए । साथै चुनावमा जितहार जे भए पनि आपूm रामेछापको विकासमा लागि रहने पनि उनले प्रतिवद्धता ब्यक्त गरे ।
नेपाली काँग्रेसबाट प्रदेशसभा ‘ख) का उम्मेदवार जितबहादुर थापामगरले काँग्रेसले मात्र देश र जिल्लालाई समृद्ध बनाउन सक्ने भएकाले काँग्रेसलाई जिताउन अपिल गरे ।
चुनावमा आपूm विजयी भएमा भ्रष्टचारमुक्त रामेछाप निर्माण गर्ने बताए । निर्वाचनमा आपूm विजयी भएमा रामेछापको विकासको लागि मन बचन र कर्मले लाग्ने पनि उनले बताए । नेपाली काँग्रेसको चुनावि अभियान भब्य भएको नेपाली काँग्रेसका नेता रत्नहरी ढुङ्गेलले बताए ।

प्रतिकृया

Add