रामेछापका वाम उम्मेदवारलाई हजुरआमाको आर्शिवाद

 शनिबार, कार्तिक १८, २०७४ | onlinenews
Share this

१८ कात्तिक २०७४ रामेछाप


रामेछापका वामगठबन्धनका उम्मेदवारहरुलाई दोरम्बा गाउँपालिका–२ की १ सय २ वर्षकी हजुरआमाले विजयको आर्शिवाद दिएकी छन् ।
चुनावि अभियानको क्रममा दोरम्बा पुगेका वामगठबन्धनका उम्मेदवारहरुलाई १ सय २ वर्षकी हजुरआमाले आर्शिवाद दिएकी हुन् । भोट माग्दै दोरम्बा गाउँपालिका–२ स्थित नेपाली काँग्रेसका नेता डिकबहादुर योञ्जनको घरमा पुगेका वामपन्थी उम्मेदवारहरुले योञ्जनकी १०२ बर्षिय आमाबाट आर्शिवाद लिएका थिए ।
वामगठबन्धका साझा उम्मेदवार रामेछाप प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ ‘कुशल’, रामेछाप प्रदेशसभा ‘ख’ का उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुङ्गेल, संयुक्त बाम गठबन्धन रामेछापको निर्वाचन परिचालन कमिटीमा संयोजक देवशकंर पौडेल लगायतले हजुरआमाबाट आर्शिवाद लिएका थिए ।
प्रतिनिधिसभाका उमेदवार श्यामकुमार श्रेष्ठ र प्रदेशसभाका उमेदवार कैलाशप्रसाद ढुंगेलले आगामी मंसिर १० गते हुने निर्वाचनमा आपूmलाई भोट मागेका थिए । उम्मेदवारहरुलाई हजुआमाले बधाई तथा जितको अग्रिम शुभकामना दिएकी थिइन ।

Share this

प्रतिकृया

Add