बागी बने समानुपातिकको उम्मेदवार

 शनिबार, कार्तिक १८, २०७४ | onlinenews

१८ कात्तिक २०७४ रामेछाप


आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले मैनकुमार मोक्तान र लक्ष्मीदेवि गुरुङलाई समानुपातिकको उम्मेदवार बनाएको छ ।
वामगठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभामा श्यामकुमार श्रेष्ठ ‘कुशल’ र प्रदेशसभाहरु प्रदेश ‘क’ मा नेकपा एमालेको तर्फबाट शान्तिप्रसाद पौड्याल र ‘ख’मा कैलाशप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै लक्ष्मी गुरुङले श्यामकुमार श्रेष्ठ ‘कुशल’को विरुद्धमा प्रतिनिधिसभा र मैनकुमार मोक्तानले कैलाश ढुङ्गेल विरुद्ध प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
असन्टुष्टिको विषयमा नेकपा माओवादी केन्द्रको हेडक्वाटरसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए । पार्टीले समानुपातिको उम्मेदवारी बनाउने बचन दिएपछि हेलिकप्टर चढेर उम्मेदवारी फिर्ता लिन रामेछाप आएका थिए ।
नेकपा माओवादी रामेछापको संयोजक रहेका मैनकुमार मोक्तन प्रतिनिधि सभा र लक्ष्मीदेवि गुरुङ्गलाई प्रदेशसभाको उम्मेदवार बनाएको हो ।

 

प्रतिकृया

Add