निर्वाचनपछि देश समृद्धिको बाटोमा अघि बढ्छ:  ढुङ्गेल

 बुधबार, कार्तिक २२, २०७४ | onlinenews

२२ कार्तिक २०७४ रामेछाप


नेकपा एमालेका नेता तथा वामगठबन्धनको तर्फबाट प्रदेशसभा ‘ख’का रामेछापका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले आपूm निर्वाचित भएपछि आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिने बताएका छन् । प्रदेश सभाको निर्वाचनबाट आपूm निर्वाचित भएपछि प्रदेशसभा ‘ख’ को खैरेनीघाट–राकाथुम हुँदै गाल्वा बजारसम्मको सडक स्तरोन्तीका साथै कालोपत्रे गर्ने बताएका छन् । मन्थली–गाल्वा सडक पनि कालोपत्रे गर्ने उनले बताए ।  विकासको पहिलो पूर्वाधार नै सडक भएकाले सडक कालोपत्र गर्ने साथै अन्य विकासका कामलाई पनि संगसँगै अगाडि बढाउने उनले बताए । सडक, खानेपानी, शिक्षा स्वास्थ्य र आधूनिक कृषि प्रणालीको विकास गरि स्वरोजगारको ब्यवस्था गर्ने पनि उनले बताए । कृषिको आधूनिकीकरणसँगै स्थानीय स्तरमै साना, मझौला साथै आधूनिक उद्योगहरुको स्थापना गरि गाउँगाउँमा रोजगारिको सिर्जना गर्ने पनि उम्मेदवार ढुङ्गेलले बताए । त्यसैगरी प्राविधिक शिक्षा, हस्पिटल, लिफ्ट सिस्टमको खानेपानी र भौगोलिक अवस्था र माटो सुहाउँदो कृषि प्रणालीको विकास गरि आफ्नो क्षेत्रका जनतालाई आर्थिक रुपमा पनि समृद्ध बनाउने उनले प्रतिवद्धता ब्यक्त गरे । भूगोल, हावापानी र बाटो सुहाउँदो उत्पादनमा जोडमा दिई आयआर्जनमा बृघि गर्ने ढुङ्गेलले बताए । अबको निर्वाचनमा वामपन्थलीले २ तिहाई महुमतले जित्ने दावि गर्दै निर्वाचन पछि देश समृद्धिको दिशामा अघि बढ्ने पनि ढुङ्गेलले बताए । चुनावि प्रचारप्रसार अभियान अन्तर्गत प्रदेशसभा ‘ख’को विभिन्न स्थानमा भएको कार्यक्रमलाई मंगलबार संवोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावि अभियान अन्तर्गत मंगलबार प्रदेशसभा ‘ख’ राकाथुमको पांखर, पिपलटर, धारापानी कोणसभा भएको थियो । त्यसैगरी खाँडादेवी गाउँपालीका अन्तर्गगत कुलोडाँडा, निगलपानी, सित्खा, भिरपानीमा कोणसभा भएको प्रदेशसभा ‘ख’ निर्वाचन परिचालन समितिका संयोजक टंकलाल घिसिङले जानकारी दिए ।

प्रतिकृया

Add