वैद्यको केन्द्रीय सदस्य सहित दर्जनबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

 शुक्रबार, कार्तिक २४, २०७४ | onlinenews

२४ कार्तिक २०७४ रामेछाप


नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य र प्रदेशसभाका उम्मेदवार सहित एक दर्जन भन्दाबाढी नेता कार्यकर्ता बिहीबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एक अनौपचारिक कार्यक्रमबीच नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य, जनक्रान्तिका घाइते (अपांङ्ग योद्धा संघको केन्द्रिय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सचिवालय सदस्य समेत भक्तराज थापा ‘अपिल’ सहित एक दर्जन बढी नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बैद्य माओवादीको तर्फबाट रामेछाप जिल्लाको प्रदेशसभा ‘ख’ का उम्मेदवार पदम थापा समेत माओवादी केन्द्रमा प्रवेश गरेका गरेका छन् । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी परित्याग गरि पुरानै घरमा फर्किएका नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले अविरमाला लगाएर भित्र्याएका थिए ।

प्रतिकृया

Add