कान्छारामलाई भोटदिनु बेकार हो : घिसिङ

 शुक्रबार, कार्तिक २४, २०७४ | onlinenews

हिरा मगर/ २४ कार्तिक २०७४ रामेछाप


६० बर्ष काँग्रेसमा जिवन विताएका इन्द्रसिंह घिसिङले नेपाली काँग्रेस रामेछापका प्रतिनिधिसभा सदस्य उम्मेदवार कान्छाराम तामाङलाई जनताले भोटदिनु बेकार भएको बताए ।
बुद्धि नभएका र पैसाको भरमा चुनाव जित्छु भन्ने दम्भ देखाउने ब्यक्ति भएको उनले बताए । कान्छाराम निर्माण ब्यवसायी भएकाले उनलाई भोट हैन ठेक्कापट्टा दिनुपर्ने उनको तर्क छ ।
स्थानीय तहको निर्वाचनका बेला नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका घिसिङले बाम गठमन्धनले खाँडादेवी गाउँपालिका–६ पकरवासमा आयोजना गरेको चुनावि कोणसभालाई संवोधन गर्दै यस्तो टिप्पनी गरेका हुन् ।
पछिल्लो समय काँग्रेसले पार्टीको सिद्धान्त र आदर्श भुलेकोले आपूmले काँग्रेस परित्याग गरेको पनि उनले बताए । घरमा छोरा–बहुलाएपछि बुढो बाउले घर छोडनु पर्छ, त्यस्तै काँग्रेसले पनि पार्टीको आर्दश र सिद्धान्न भूलेपछि मैले पार्टी त्यागेको हुँ घसिङले भने ।
सोही कोणसालाई संवोधन गर्दै प्रदेशसभा ‘ख’ का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले जनताको समृद्धिको लागि आपूm जस्तोसुकै परिस्थितिमा पनि जनतासँगै रहने प्रतिबद्धता ब्यक्त गरे । उनले भने–रामेछापको जनता र ठाउँसंग म परिचित छु, जनताको आबश्यकता र भौगोलिक अवस्था अनुसारको विकासमा लाग्नेछु ।
काँग्रेसले बिना एजेण्डा पैसाको भरमा चुनाव जित्ने दम्भ देखाउनु गलत भएको भन्दै स्वस्थ प्रतिस्पर्धालाई आत्मासाथ गर्न नसक्नेहरु आफै सकिने बताए । अहिले काँग्रेसले बाटो बिराएको पनि उनले आरोप लगाए । काँग्रेसलाई दिएको भोट खेरजाने भन्दै मतको सदुपयोगको लागि काँग्रेसका मतदाताहरुले पनि आपूmलाई भोट दिनुपर्ने ढुङ्गलले बताए ।
त्यसैगरी प्रदेशसभा ‘ख’ का निर्वाचन परिचालन समितिका संयोजक टंकलाल घिसिङले राजनीतिमा स्थायी शत्रु नहुने भन्दै एमाले र माओवादीको बीचमा हिजो जेजस्तो भए पनि नराम्रा कुरा बिर्सेर वामपन्थीहरु एक भएकाले मतदाताहरुलाई शंका नगर्न र बामगबन्धनलाई जिताउन आग्रह अनुरोध गरे ।

प्रतिकृया

Add