म सामाजिक काम गर्ने मान्छु हुँ, त्यसैले चुनाव जित्छुः कान्छाराम 

 शुक्रबार, कार्तिक २४, २०७४ | onlinenews

 २४ कार्तिक २०७४ रामेछाप


प्रस्तुतः छ नेपाली काँग्रेसको तर्फबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’सँग गरिएको कुराकानी :

चुनावी अभियानमा हुनुहुन्छ । चुनावी अभियानमा के पाउनु भएको छ ? तँपाईहरुको चुनावी अभियान कसरी चलिरहेको छ ?

मैले रामेछापको २ नं क्षेत्रमा जनताको असाध्यै राम्रो साथ पाएको छु । गौश्वारादेखि दोरम्बा, लखनपुर, चिसापानी हुदै म अहिले विस्ली आइपूगेको छु । मैले यहाँको दाजुभाई दिदीबहीनीहरुको साथ राम्रो पाएको छु । कार्यक्रम एकदम राम्रो भइरहेको छ ।  

घरदैलोमा हुनुहुन्छ, जनताको अपेक्षा के छ ? के भइदिए हुन्थ्यो भन्ने चाहना छ, जनताको ?

म जनताभन्दा पनि मेरो रामेछापको दाजुभाई दिदीबहिनी भन्न चाहन्छु । उहाँहरु सबैको भनाई तपाई सामाजिक काम गर्ने मान्छे हो । हामी सबैको साझा उम्मेदवार हो । तँपाइले काँग्रेसको टिकट पाए पनि हामी माओवादी, एमाले सबैको सामाजिक काम गरिदिनु भएको छ । मर्दा, पर्दा जुनकुनै बेलामा पनि तँपाइले हाम्रो काम गरिदिनु भएको छ । हामी तँपाइलाई जसरी भए पनि सहयोग गर्छौं भन्ने बचन दिएका छन् । तँपाइले जित्नुपर्छ हामी जिताउँछौं भन्नुभएको छ ।

 तपाईले रामेछापमा सामाजिक काम के गर्नुभयो र ताइलाई जनताले भोट दिउन् ? 

मैले रामेछापको कुनाकुनामा मेरो दाजुभाई दिदिबहिनी, बा–आमाको घर घरमा आइपुग्न सकिन होला । म दुई क्षेत्र, साविकको ५५ वटै गाविसहरु घुम्नु पर्नेछ । म कुनै कुनै ठाँउमा भोट माग्न आउन सक्दिन पनि होला । र रामेछापमा मैले चुनाव जितेभने मैले राज्यकोषबाट पाउने तलब भक्ता सब रामेछापमा ल्याएर दिनेछु । मलाई माननीय भएर आर्थिक हिनामिना गर्नुछैन । मलाई भगवानले पु¥याइदिएको छ । मलाई गाडी किन्नु प¥या छैन, घर बनाउनु परेको छैन । म रामेछापको दाजुभाई दिदिबहिनीहरुको एमाले, काँग्रेस, माओवादी नभनिकन सबैको एक तरिकाको काम गर्नेछु ।

चुनाव जिते भने तलब भत्ता लिन्न त भन्नु भो खर्च त यहाँको लागि पनि आवश्यक पर्ला नि ? 

मलाई केही समस्या पर्दैन । मलाई खान, बस्न सबै कुरा पुगेको छ । मलाई भगवानले पु¥याइदिएको छ । मलाई छोराछोरी पढाउनु पर्दैन सबैलाई पाखा लगाएर रामेछाप आएको हुँ । म पनि गरिब नै हुँ, गरिब भए पनि आत्मामा धनि छु । मैले कुनै बिरामी ल्याउँनु पर्दा, पार्टी नभनी हेलिकोप्टर चार्टर गरिदिएको छु । अस्ति श्रावण १ गतेको बाढिमा पनि हेलिकप्टर ल्याएँ । यो भन्दा ४/५ वर्ष अघि पनि बस दुर्घटना भयो । म रामेछापमा कुनै पनि पार्टी नछुट्याइकन एक भएर काम गर्नेछु । म काँग्रेसका उम्मेदवार भए पनि एमाले, काँग्रेस, माओवादी सबै पार्टीको साझा उम्मेदवार हुन् । त्यसैले मेरो दाजुभाई दिदीबहीनीले भोट दिएर जिताउँछन् भन्नेमा म विश्वस्त छु ।

जितेर गएपछि के के काम गर्छु भनेर भन्नु भएको जनतालाई ? 

प्रहिलो प्राथमिकता रोड हो । दुई वटा क्षेत्रमा एक÷एक वटा स्काभेटर दिनेछु । मेरो स्काभेर आइसकेको छ । आर्थिक विकास भनेकै रोड हो । रोड भयो भने यहाँ उत्पादन हुने हरेक चिज काठमाडौंमा बिक्री हुन्छ । रामेछापमा २५ वटा एम्बुलेन्स चलाउने लक्ष्य छ । हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्रलगायत सामाजिक काम गर्ने छु । मन्थलीमा एउटा शव बहान राखिदिने छु ।

यसभन्दा पहिला पनि जनताले पटक–पटका भोट दिएका छन् । जनताको गुनासे के छ भने भोट माग्न आउँने तर जितेर गएपछि नआउने । जित्यो भने कान्छाराल चाहीँ जनताको काम गर्छ भनेर कसरी विश्वास गर्ने ?

म अरुजस्तो हो र, मैले रामेछापमा सामाजिक काम गरिरहेको छु । झुक्याएर हिड्पर्ने मालाई के आवश्वक छ ? सामाजिक काम गरेको सबैले देखिराखेको छ नि । अरिंगालले टोकेको मान्छेलाई मैले बचाएको छु । सुत्केरी पनि मैले बचाइराखेको छु । मैले त गरेर देखाएको छु नि रामेछापका दाजुभाई दिदीबहीनीलाई । दिनसक्ने र लिनसक्ने मात्र बोलेको छु मैले । किन ढाँट्नु प¥यो मैले । मन्थली एयपोर्टको कालोपत्र मैले गरेको हुँ, रामेछापबाट धेरै जना मन्त्री भए तर कसैले ग¥यो मेरै पहलमा त्यो एयरपोर्ट बनेको हो ।  अब त झन म रामेछापको दाजुभाई दिदीबहीनीसँगै बसेर ढिडो खाएर काम गर्नु भनेर अगाडि बढेको छ ।

यहाँले एयपोर्टको कुरा उठाउँनु भयो, निर्माण सकिएको धेरै समय वितिसक्दा पनि सञ्चालन हुन सकेको छैन, अब कहिलेबाट सञ्चालन हुन्छ ?

 पूर्वि डोमेष्टिक एयपोर्ट बनाउने भनेर एडिबिसँग प्लानिङ्ग भएको छ । मन्थलीबाट लुक्ला जाने सानो जहाँहरु उडाउने भनेर योजना बनेको छ । त्यो पैसा आयो भने लुक्का, फाप्लु, रुम्जाटार भोजपुरका प्लेनहरु यहीँबाट जाने छ ।

म अरु पार्टीजस्तो होइन मैले जिते भने विकार गर्छु भन्नुभयो । चुनाव प्रचारको क्रममा जनताको घरदैलोमा जाँदा सबभन्दा समस्या के पाउनुभयो ? 

मैले सबैभन्दा ठूलो समस्या बाटोको पाएको छु । सबै भन्दा पहिला बाटोको समस्या समाधान गर्नुपर्ने छ । मसँग २०÷२५ जना इन्जिनीयरहरु छन् । रामेछापमा पाँच वर्षभित्र के–के गर्नुपर्ने म डिजाइन गरेर सबै काम गर्नेछु ।

अहिले नेपाली युवाहरु दैनिक सयौँको संख्यामा विदेशिन्छ र सँगै विदेशबाट दैनिक ३ देखि ४ वटा नेपाली युवाहरुको लास नेपाली एयपोर्टटमा झर्छ । यदि यहाँ रामेछापबाट निर्वाचित हुनुभयो भने युवाहरुको समस्या समाधान गर्ने योजना के छ ?

 विदेशमा चिल्लो गाडी, अग्लो घर देखेर साथीहरु दुःख गरेर विदेश गइरहेका छन् । ती साथीहरुले नेपालमा आएर त्यहाँ जतिकै दुःख गर्ने हो भने, कृषि काम गर्ने हो भने, तरकारी खेती, बंगुर पालन, गाई पालन गर्ने हो भने ठूलो आम्दानी हुन्छ यहाँ । तर हाम्रा युवा साथीहरु नेपाल आएपछि ससुराली जने । यहाँ आएपछि अल्छि हुने अनि रक्सी पनि खाने । यो अल्छि नहुनको लागि गाउँमा जाँडरक्सी बन्द गराउँनु पर्छ । म तामाङको छोरा भए पनि जाँडसक्सी खाँदिन ।

 रामेछापका युवाले दुःख गर्न विदेश जानु नपरोस भनि गाउँमै रोजगारी सिर्जना गर्ने योजना के बनाउनु भाको छ यहाँले ? 

रामेछापमा २ सय मेगावाटको हाइड्रो पावर बन्दै छ । मैले जिते पनि हाले पनि हाइड्रो पावरमा रामेछापका मानिसले जस्ले जे जानेको छ, त्यही अनुसारको काम लगाइदिन्छु । प्राविधिक, सवारी चालक, लेवर जसले जे जानेको छ त्यही काम लगाइदिन्छु । कम्पनीले १० प्रतिशत स्थानीयलाई शेयर दिने भनेको छ । त्यो हाइड्रो पावर मेरो पनि भएकाले १५ प्रतिशत शेयर लिएर रामेछापको दुवै क्षेत्रका बासिन्दालाई शेयर दिलाउने छु ।

 यहाँले भनेजस्तै रामेछापको आर्थिक विकासको लागि हाइड्रो पावर एउटा पक्ष हुनसक्छ । त्यस्तै अरु के हुनसक्छ यहाँले खाका बनाउनु भएको छ ?

रामेछापमा आर्थिक विकासको लागि सबै भन्दा पहिलो गर्नुपर्ने रोड नै हो । नामाडी बेताली हुँदै बाम्ती जाने रोडको कालोपत्रको प्लानिङ्ग गरेको छु ।  अहिले विपी राजमार्गको लागि दुई अर्बको बजेट परिसकेको छ । मन्त्रालयमा धेरै सचिवहरु मेरा मित्रहरु हुनुहुन्छ । रामेछापको विकासको लागि के गर्नु प¥यो भन्नुस् हामी गरिदिन्छौं भनेका सचिवहरुले पनि मलाई । रामेछापका दाजुभाई दिदीबहीनिले मलाई भोट दिएर जिताएमा पार्टी नछुट्याई सबैलाई एक बनाएर अघि बढ्ने लक्ष्य लिएको छु ।

 अहिले रामेछापमा वामगठबन्धनले हामी बलियो छौं भनिरहेका छन् । यहाँको अवस्था के हो ? 

कहिलेकहीँ बलियोलाई दुब्लोले जित्छ । लुगेकोसँग पूmकेको बल हुन्छ । उनीहरु दुई वटा मिलेर गठबन्धन हुँदा बलियो छौँ भन्ने सोचेका छन् । काँग्रेसबाट टिकट पाए पनि म सबै पार्टीको साझा उम्मेदवार हो । मतदाताहरुले ठाउँठाउँबाट मलाई फोन गरेर कान्छारामको मुखमात्रै हेर्न पाए पनि हुन्छ भनेका छन् । मेरा दाजुभाई दिदीबहीनीले मलाई जिताउँछन् भन्ने कुरामा ढुक्क परेर बसेको छु । पहिलेका सांसादहरुले के–के काम ग¥यो भनेको मैले सुनेको छु । म त्यसमा विश्वास गर्दिन । रामेछापका सबै साथीहरुलाई मिलाएर विकास गर्छु भनेर म अघि बढेको हो । राज्यले मलाई दिने तलब भक्ता सेवा–सुविधा केही पनि लिन्न । राज्यबाट अरुले लिए भने मैले लिनुपर्छ । राज्यबाट एक लाख खर्च गर्न पाएँ भने ब्यक्तिगत अर्को एक लाख रुपैयाँ थपेर दिने छु । त्यो भन्दा बाहेक मेरो ब्यक्तिगत तर्फबाट पनि वारीपारी दुई क्षेत्रमा पाँच वर्षसम्म मैले थप पैसा दिनेछु ।

कान्छारामले धेरै पैसा खर्च गरेर आचारसंहिता उल्लंघन ग¥यो भन्ने आरोप छ नि यहाँलाई ? 

गलत कुरा, मैले किन गर्ने खर्च ? म सामाजिक काम गर्छु भनेर हिडेको हो । पैसा दिएर साध्य हुन्छ ? भोट पैसाले किनेर साध्य हुन्छ ? पैसाले सामाजिक काम गरेर देखाउँने हो । मैले रामेछापमा २५ वटा एम्बुलेन्स दिएको छु । ल अरुले ५० वटा दिओस् त म त्यसलाई सहयोग गरिदिन्छु । गर्न सक्छ ? मुखले भनेकोजस्तो हुन्छ ? को छ हुत्ति हुने यहाँ ।

बाहिर चलेको हल्ला तथा गरिएको प्रचार भन्दा पनि कान्छाराम अहिले सामाजिक छविका हिसाबले जनतामा चुनाव लड्दैछ भनेर बुझम ?

हो, गरेकै त्यही हो, पैसामा भोट किनेर सकिन्छ ? किनेर साध्य हुन्छ ? १ जन, २ जना किनेर जित्ने हो । ४० हजार भोट ल्याउनुपर्छ । समाजिक काम गरेर, जनाताको मन जितेर ल्याउने हो भोट भन्ने कुरा, जनतालाई खुशी पारेर, हँसाएर, नचाएर लिने  हो भोट । २ हजार रुपैयाँ तिरेर भोट पाइन्छ कहिले ।

रामेछाप जिल्लामा प्रतिनिधि सभामा १ लाख ५२ हजार भन्दा बढि मतदाता रहेका छन् । त्यसमा यहाँले कति मत ल्याउने आँकलन गर्नुभएको छ ?

रामेछापमा कुल कति मत झर्छ । झरेको मतमा ३८÷३९ हजार मत  जसले ल्याउछ त्यसले जित्छ । रामेछापका जनताले मलाई विश्वास गरे, मेरो सामाजिक कामको मूल्यांकन भयो र नेपाली कांग्रेसलाई विश्वास गरे भने मैले अवश्य जित्छु । विश्वासको कुरा मात्रै हो । एउटा, दुईटा, एक हजार भोट होर किनेर आउने, जनताको नेता र पार्टीप्रतिको विश्वासले मात्रै जितिन्छ ।

भनेपछि कान्छारामले पैसा बाढ्यो, जनतालाई प्रलोभनमा पा¥यो भन्ने जुन कुरा गलत हो ?

यो पैसा बाढेको भन्ने गलत आरोप लाउनी भए यहाँ अरुले पनि ३० प्रतिशतसम्म कमिशन खाको कुरा मैले सुनेको छ । राज्यको पैसा ल्याएर कमिसन खाने । यो कुरा मैले ठाँउठाँउमा सुनेको छु । ३० प्रतिशत खाको हो कि हैन्, मलाई थाहाँ छैन, सुनेको हो । मैले १ करोड पैसा ल्याएर जनतालाई बाडेर चुनाव जित्ने हो, ल भन्नुस त  मलाई विश्वास गर्नुहुन्छ यो कुरामा  । केटाकेटी आए गुलेली खेलाए किरा फट्याङग्राको नास भनेजस्तै कुरा हो यो ।

निर्वाचन आयोगले ४ वटासम्म गाडी प्रयोग गर्न मिल्ने बताए पनि कान्छारामले १७/१८ ओटा गाडी लियो भन्ने आरोप लाग्या छ तपाई के भन्नुहुन्छ ? 

गलत कुरा हो । कुनै मावली गाँउ हो र गाडी चढ्न, म चढने गाडी नम्वर  टिप्नुस् १३९४,३७५९,२२२ नम्वर भएको गाडी गरि ३ छ । कसैको गाडी ससुराली हिडेको होला, कसैको कहाँ हिडेको होला त्यो मेरो गडी भनेर गन्नी । मेरा ३ वटा गाडी छ, अरु मलाई थाहा छैन् ।

भनेपछि यो कुरा गलत हो भन्ने तपाईको भनाई ?

म रामेछापका सबै दाजुभाईसँग अँगालो हालेर हिड्ने मान्छे, मलाई ३०÷३५ ओटा गाडी लग्यो भन्ने कुरा सबै गलत हो ।  माओवादीले नै झण्डा हालेर हिड्या छ कि मेरो विरुद्धमा त्यो गलत कुरा हो ।  मसँग ३ वटा गाडी छन्, १०÷१५ जना मान्छे छन् । हाम्रो प्रदेशसभा उम्मेदवारद्धयको गाडी होला, उहाँहरुले नि ३ वटा गाडी लिएर हिड्न पाउने अधिकार छ नि हैन र । जितबहादुर जि र रत्न जिको ३÷३ वटा गाडी होला । मेरो न जनतालाई दुःख दिने नियत हो, मेरो कुनै गल्ति छैन । म गल्ति गर्ने मान्छे पनि हैन । मैले रामेछापलाई झलल…… उज्यालो बनाउन खोज्या हो ।

अन्तिममा रामेछापका मतदातालाई के भन्नुहुन्छ ?

रामेछापको वारीपारी दुइटै क्षेत्रका मेरा दाजुभाइलाई मलाई जिताउन अनुरोध गर्छु । म मेरो दाजुभाइको घरघरमा आउन सकेको छैन्, भोट माग्न्नलाई । आपूm आउँन नसके पनि एफएम रेडियो मार्फत भोट मागेको छु । मलाई जिताउनुहोस । तपाइहरुको गर्नुपर्ने काम, विकासको काम, सामाजिक काम  गर्न म तयार छु । रामेछापको वारीपारीका गरि २०÷२२ जनालाई मैले मेरो कम्पनीमै सब– ओभरसियरको जागिर दिएको छु । र, मैले यही फर्मबाट यही एरोबाट भोट माग्छु । तपाइहरुको भविष्य म बनाउछु । मलाई केही चाँहिदैन । म पर्टीगत नभई तपाइहरुकै साझा उम्मेदवार हुँ । एमाले माओवादी कांग्रेस नभनी म तपाइहरुको सेवा गर्छु । घरघरमा आउन सकिन , जितेपछि अवश्य तपाइहरुको घरदैलोमा आउछु । मलाई जिताउनुहोस भन्न चाहन्छु ।

प्रतिकृया

Add