म्यादीलाई वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण

 शनिबार, कार्तिक २५, २०७४ | onlinenews

२५ कार्तिक २०७४ रामेछाप


आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि भर्ना भएका रामेछापका म्यादी प्रहरीलाई वैदेशिक रोजगारी सम्बन्धि एकदिने अभिमुखीकरण गरिएको छ ।
रामेछाप जिल्लामा म्यादीमा भर्ना भएका मध्य १ सय ३२ जनाले विदेश जान पासपोर्ट समेत बनाएकाले उनीहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण गरिएको सामी परियोजना अन्तर्गत सञ्चालीत सूचना केन्द्रले जनाएको छ ।
अभिमुखीकरणमा १ सय २७ जना महिला र २ सय १८ जना पुरुष गरि ३ सय ४५ जना म्यादी प्रहरीको सहभागिता रहेको थियो । जसमध्य १ सय ३२ जनाले वैदेशिक रोजगारीमा जानको ला

गि पासपोर्ट बनाएको बताएका छन् ।
अभिमुखीकरणमा वैदेशिक रोजगारीमा जानुअघि पूरा गर्नुपर्ने

 प्रक्रिया, सूचना केन्द्रले दिने सेवा, समस्या पर्दा सहयोग गर्ने निकायहरुको बारेमा

 

जानकारी गराइएको थियो ।
सहभागिहरुलाई वैदेशिक रोजगारीको अवस्था बारे बनाइएको भिडियो मार्फत समेत वैदेशिक रोजगारीको बारेमा जानकारी गराइएको थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम संयोजक सागरविक्रम बस्नेत, चारघरे सेवा समिति अन्तर्गत सूचना केन्द्रका कार्यक्रम संयोजक दिपक केसी र परामर्शकर्ता सिर्जना बस्नेतले गरेकी थिइन ।

प्रतिकृया

Add